मेगा बैंकले साना विद्युतीय यातायात व्यवसायीहरुलाई सहुलियत कर्जा दिने « Khabarhub

मेगा बैंकले साना विद्युतीय यातायात व्यवसायीहरुलाई सहुलियत कर्जा दिने


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले साना विद्युतीय यातायात व्यवसायीहरुलाई सहुलियत कर्जा दिने भएको छ । सोको लागि बैंकले नेको इनर्जी सोलुसन कम्पनी प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ ।

काठमाडौंको कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र नेको इनर्जी सोलुसनका व्यवस्थापकीय निर्देशक मिलनकुमार पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यस सम्झौता अनुसार नेको इनर्जी सोलुसनसँग आबद्ध साना विद्युतीय यातायात व्यवसायीहरुलाई स्वरोजगार तथा व्यवसाय संचालनका लागि मेगा बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । कर्जाका लागि नेको इनर्जी सोलुसनले मेगा बैंकलाई सिफारिस गर्ने सम्झौता भएको छ ।

सो अवसरमा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले साना विद्युतीय यातायात व्यवसायीहरुलाई मेगा बैंकका देशभरका शाखाबाट छिटो तथा छरितो ढंगले सहुलियतपूर्ण कर्जा प्रदान गरिने भएकाले आफूलाई पायक पर्ने शाखा कार्यालयहरूमा सम्पर्क गर्न आग्रह गरिन् । मेगा बैंकले स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नाराका साथ विपन्न वर्गलाई प्राथमिकतामा राखी बैंकिङ्ग सेवा सर्वसुलभ गराउँदै आइरहेको उनको भनाइ छ ।

यसैगरी, नेको इनर्जी सोलुसनका ब्यवस्थापकीय निर्देशक पौडेलले मेगा बैंकले महिला तथा विपन्न वर्गका समुदायलाई प्राथमिकताका साथ लघु तथा साना कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदानसहितको कर्जा प्रवाह गर्दै आएकोले आफूहरुले सहकार्य गरेको बताए ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ७ : ०० बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ