नेपालको जितका लागि ब्याटिङमा रोहित र सोमपाल चम्किँदा बलिङमा सन्दीप र विक्रम (फोटोफिचर) « Khabarhub

नेपालको जितका लागि ब्याटिङमा रोहित र सोमपाल चम्किँदा बलिङमा सन्दीप र विक्रम (फोटोफिचर)


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध २ विकेको जित हात पारेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपालको जितका लागि रोहित कुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरे । त्यसैगरी बलिङमा सन्दीप लामिछाने र डेब्यु खेलमा बिक्रम सोबले कीर्तिमान बनाए ।

पीएनजीले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर सहज रुपमै पूरा गरेको थियो । सोमपालले अविजित २२ रन जोडे । रोहित र सोमपालले ५२ रनको महत्वपूर्ण साझेदारी गरे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै १ सय ३४ रन बनाएको थियो ।

बलिङतर्फ पनि नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन रह्यो । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एक्लैले ४ विकेट लिए । उनले १० ओभरमा ३५ रन खर्चिएर ४ विकेट लिन सफल भए । डेब्यु खेलाडी बिक्रम सोबले २ विकेट लिएका थिए ।

बिक्रमले ५ ओभरमा एक मेडनसहित २० रन खर्चिएर २ विकेट लिएका हुन् । बिक्रम डेब्यु खेलको पहिलो बलमै विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमानी समते बनाए । यस्तै कुशल मल्लले २ तथा सोमपाल कामीले एक विकेट लिए । नेपाल र पीएनजीबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग दुई खेलको एकदिवसीए सिरिज खेलिरहेको हो ।

तस्वीर : क्रिकेट एशोसिएशन नेपाल (क्यान) 

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ७ : १६ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ