उच्च अदालतद्वारा कोरोना बीमा भुक्तानी नगर्नुको लिखित जवाफ माग « Khabarhub

उच्च अदालतद्वारा कोरोना बीमा भुक्तानी नगर्नुको लिखित जवाफ माग


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- उच्च अदालत विराटनगरले कोरोना बीमा गराएका कोरोना सङ्क्रमितलाई सम्झौताबमोजिम बीमा रकम भुक्तानी नगर्नुको कारण माग गर्दै अजोड इन्सोरेन्ससहित विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले सोमबार उच्च अदालत विराटनगरमा बीमा रकम भुक्तानीका लागि परमादेश माग गर्दै रिट दायर गरको थियो । सोही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजनारायण सिंह राईको एकल इजलासले १५ दिनभित्र लिखित कारण पेश गर्न आदेश दिएको छ ।

नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले बीमा सम्झौता गर्ने अजोड इन्सोरेन्स लिमिटेड, बीमा समिति, अर्थ मन्त्रालय र नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको हो । उच्च अदालतले सबै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो । मङ्गलबारको आदेशमा जनसरोकारको विषय भएकोले रिट निवेदनलाई अग्राधिकार दिई पेश गर्नसमेत आदेश गरेको छ । सो रिटको पक्षमा अधिवक्ता मनोजकुमार आचार्यले बहस पैरवी गरेका थिए ।

नेपाल पत्रकार महासङ्घ र अजोड इन्स्योरेन्स कम्पनीबीच द्विपक्षीय सम्झौता भई मोरङका २१० पत्रकार र उनीहरुका परिवारका सदस्यको बीमा गरिएको थियो । त्यसमध्ये ५१ बीमितलाई कोरोना सङ्क्रमण भएकोमा २० जनाले मात्र बीमा दाबी भुक्तानी पाएका थिए । बाँकी ३१ जनाले बीमा दाबी भुक्तानी नपाएको र भुक्तानी दाबी माग गरेको १० महिना बितिसक्दा पनि कम्पनीले भुक्तानी दिनुको साटो भुक्तानी दिन नसक्ने बेहोराको पत्र पठाएको थियो ।

अजोड इन्सोरेन्सले जारी गरेको बीमालेखमा तोकिएको अवधिसम्म कुनै पनि हालतमा खारेज गर्न नसकिने, पीसीआर टेस्ट पोजिटिभ देखिएमा सङ्क्रमित व्यक्तिलाई रु एक लाखसम्मको दाबी भुक्तानी दिने, बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई भुक्तानी गर्ने र बीमितले रीतपूर्वक निवेदन दिएको सात दिनभित्र रकम भुक्तानी दिने सम्झौता गरेको छ तर कम्पनीले सात दिनभित्र भुक्तानी दिइसक्नुपर्ने रकम १० महिना बितिसक्दा पनि दिएको छैन ।

त्यसअघि नेपाल पत्रकार महासङ्घले बीमा रकम भुक्तानी नहुनुको कारण माग गर्दै पत्राचार गरेको थियो । त्यसमा जवाफमा नेपाल सरकारसँग रकम माग गरेको र सरकारले उपलब्ध गराएपछि मात्र भुक्तानी दिनसक्ने बेहोराको जवाफ दिएको थियो ।

कम्पनीको नियमानुसार आवश्यक प्रिमियम तिरेर बीमा गरेका बीमितलाई भुक्तानी दिन नसकिने भन्ने गैरजिम्मेवार जवाफ दिएपछि नेपाल पत्रकार महासङ्घले उच्च अदालत विराटनगरमा परमादेश माग गर्दै रिट दायर गरेको हो ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ९ : ४५ बजे

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतले वृद्धि

मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या

नेपालमा आइसिसी टी-२० विश्वकपको ट्रफी टुर तीन दिनसम्म चल्ने

काठमाडौं – भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च