एमसीसीका बारेमा भ्रम सिर्जना गरेर राजनीतिकरण गर्न खोजियो : प्रधानमन्त्री देउवा (भिडियोसहित) « Khabarhub

एमसीसीका बारेमा भ्रम सिर्जना गरेर राजनीतिकरण गर्न खोजियो : प्रधानमन्त्री देउवा (भिडियोसहित)


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा राजनीतिकरण गर्न खोजिएको बताएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा देउवाले एमसीसीका बारेमा भ्रम सिर्जना गरेर राजनीतिकरण गर्न खोजिएको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले नेपालको विकासका लागि एमसीसी एकाएक आएको विषय नभएको र कानूनी प्रक्रिया पूरा गरेर सरकारले प्राप्त गरेको अनुदान भएको बताएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

‘हामीले विश्व बैंक र एसियन बैंकबाट ब्याजमै मोटो रकम ऋण लिइरहेका छौं । तर, एमसीसी अनुदान हो । यो विकासका लागि दिइएको अनुदान हो । यसमा धेरै राजनीति गर्न खोजियो । त्यो आवश्यक छैन,’ देउवाको भनाइ उद्धृत गर्दै सचेतक भुसालले बताइन् ।

देउवाले अघिल्ला सरकारहरुले पनि कानून बनाएर एमसीसीलाई अघि बढाउँदै आएको बताएको सचेतक भुसालले जनाइन् ।

उनकाअनुसार एसीसीका बारेमा अन्य दलसँगपनि छलफल र संवाद गरिने देउवाले बताएका थिए । बैठकमा देउवाले एमसीसीमाथि अनावश्यक राजनीति गर्न आवश्यक नरहेको समेत टिप्पणी गरेका थिए ।

हेरौँ भिडियो

‘नेपालको विकासका लागि एमसीसी अहिले एकाएक आएको होइन । निश्चित कानूनी प्रक्रिया पूरा गरेर प्रतिस्पर्धाबाट सरकारले प्राप्त गरेको अनुदान हो । यो एउटा लोकतान्त्रिक मुलुकसँगको सम्बन्धको कुरा हो ,’ देउवाले भनेका थिए ।

बैठकमा सांसदहरुले एमसीसीका विषयमा उठेका सवाल र त्यसले पार्टीलाई पुर्‍याउने नोक्सानीका विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।

उनले संसद बैठकमा सशक्त भूमिका निर्वाह गर्न र अनिवार्य उपस्थित हुन निर्देशन समेत दिएको सचेतक भुसालले बताइन् । त्यस्तै कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद बैठकमा अध्यादेश पेश गर्ने जानकारी दिएका थिए ।

राजनीतिक दलसम्बन्धी अध्यादेश बुधबार नै सदनमा पेश गर्ने र अन्य अध्यादेशलाई पनि क्रमशः पेश गर्ने कांग्रेस सचेतक भुसालले बताइन् ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाका बारेमा जानकारी गराएका थिए । बुधबारको संसद बैठकमा सरकारद्वारा गठित छानविन समितिको प्रतिवेदन पेश गर्ने उनले बताए ।

सांसद गगन थापाले गृह मन्त्रालयले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी जारी भएको विज्ञप्तिको आलोचना गरेका थिए । संघीय संसदको दुवै सदनको अधिवेशन बुधबार अपरान्ह चार बजे बोलाइएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ९ : ५० बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ