आईपीएलमा हैदरावादको जित « Khabarhub

आईपीएलमा हैदरावादको जित


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावाद विजयी भएको छ ।

अबुधाबीमा बुधबार भएको खेलमा हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ रनले पराजित गरेको हो ।

हैदरावादले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रनमा समेटियो ।

बैंगलोरका देबदुत पडिकलले सर्वाधिक ४१ रन जोड्दा ग्लेन म्याक्सवेलले ४० रन बनाए । एबी डी भिलियर्सले अविजित रहदै १९ रन बनाए । शाहबाज अहमेदले १४ तथा श्रीकार भारतले १२ रन बनाए ।

हैदरावादका भुवनेश्वर कुमार, जासन होल्डर, राशिद खान, सिदार्थ कउल र उम्रन मलिकले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । हैदरावादका लागि जासन रोयले ४४ रन जोड्दा कप्तान केन विलियम्सनले ३१ रन बनाए ।

जितपछि पनि १३ खेलमा ६ अंक जोडेको हैदरावाद पुछारमा नै छ । बैंगलोर १६ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ६ : ३० बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष