आईपीएलमा हैदरावादको जित « Khabarhub

आईपीएलमा हैदरावादको जित


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावाद विजयी भएको छ ।

अबुधाबीमा बुधबार भएको खेलमा हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ रनले पराजित गरेको हो ।

हैदरावादले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रनमा समेटियो ।

बैंगलोरका देबदुत पडिकलले सर्वाधिक ४१ रन जोड्दा ग्लेन म्याक्सवेलले ४० रन बनाए । एबी डी भिलियर्सले अविजित रहदै १९ रन बनाए । शाहबाज अहमेदले १४ तथा श्रीकार भारतले १२ रन बनाए ।

हैदरावादका भुवनेश्वर कुमार, जासन होल्डर, राशिद खान, सिदार्थ कउल र उम्रन मलिकले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । हैदरावादका लागि जासन रोयले ४४ रन जोड्दा कप्तान केन विलियम्सनले ३१ रन बनाए ।

जितपछि पनि १३ खेलमा ६ अंक जोडेको हैदरावाद पुछारमा नै छ । बैंगलोर १६ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ६ : ३० बजे

चुनावी घोषणापत्रका नाममा जनतालाई झुक्याइएको छ : घनश्याम भुसाल

बुटवल– नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले राजनीतिक दलहरूले चुनावी

गोरखामा बसको ठक्करबाट वृद्धाको मृत्यु

गोरखा– गोरखामा यात्रुबाहक बसको ठक्करबाट ९५ वर्षीया वृद्धाको मृत्यु भएको

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक, मधेश–तराईको सुरक्षा अवस्थाबारे छलफल

काठमाडौं– समसामयिक राष्ट्रिय विषय, समग्र शान्ति सुरक्षा तथा निर्वाचन सुरक्षासँग

थाइल्यान्डको एक पार्कमा घातक भाइरस सङ्क्रमण, दर्जनौँ बाघ मरे

एजेन्सी– पछिल्लो हप्तामा उत्तरी थाइल्यान्डमा रहेको एक निजी पशु पार्कमा

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा