फार्मभित्र छिरेर चितुवाले छ बाख्रा मार्‍यो « Khabarhub

फार्मभित्र छिरेर चितुवाले छ बाख्रा मार्‍यो


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- बेदकोट नगरपालिका–९ सुन्दरपुरका जयसिंह धामीको फार्ममा रहेका छ बाख्रा चितुवाले आक्रण गरी मारेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बुधबार राति बस्ती छिरेको चितुवाले फार्ममा रहेका बाख्रा मारेको हो । व्यावसायिक रुपमा फार्म सञ्चालन गर्दै आएका धामीले चितुवाले बाख्रा मार्दा एक लाख २५ हजार बढीको नोक्सानी भएको बताए ।

“बिहानको झिसमिसेमै बाख्रा कराउन थालेपछि फार्ममा पुग्दा १२ मध्ये चितुवाले छवटा बाख्रा मारिसकेको थियो”, उनले भने, “चितुवाले गर्दा निकै ठूलो क्षति बेहोर्नुपरेको छ ।”

मारिएका बाख्रामध्ये तीन बाख्रा ब्याउने अवस्थाका थिए । छ लाख लगानी गरी धामीले फार्ममा बङ्गुर र बाख्रापालन गर्दै आउनुभएको छ । फार्ममा पालिएका २० बङ्गुर भने सकुशल रहेका छन् । केही महिनाअघि समेत चितुवाले खोरबाट स्थानीय बासिन्दाका बाख्रा मारेर खाएको थियो ।

चितुवा बस्तीमै छिर्न थालेपछि यस क्षेत्रका बासिन्दा निकै चिन्तित भएका छन् । चितुवाले बाख्रा मारेपछि निकुञ्ज कार्यालय र प्रहरीलाई खबर गरिएको धामीले बताए ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  १२ : ०५ बजे

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार