फिलिपिन्सकी उपराष्ट्रपति लेनी आगामी राष्ट्रपतिमा चुनाव लड्ने « Khabarhub

फिलिपिन्सकी उपराष्ट्रपति लेनी आगामी राष्ट्रपतिमा चुनाव लड्ने


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनिला- फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेडोले बिहीबार अब हुने निर्वाचनमा राष्ट्रपतिको उमेद्वार बन्ने घोषणा गरेकी छिन् ।

यो उनको लामो समयदेखि अपेक्षित निर्णय हो । विपक्षी नेता रोब्रेडोले मे ९ को चुनावको लागि सहमतिको एकल उमेद्वार छनोट गर्ने विषयले मूर्त रूप नलिएपछि उमेद्वारी घोषणा गरेकी हुन् ।

रोब्रेडोले यसअघि भनेकी थिइन् ‘म चुनाव लड्ने निर्णय गर्न सक्छु यदि पूर्व सिनेटर फर्डिनान्ड बोङबोङमार्कोस जुनियर पनि राष्ट्रपतिको उमेद्वार बनेको अवस्थामा ।’

मार्कोसजसलाई उनले २०१६को उपराष्ट्रपति पदको दौडमा झिनो मतले पराजित गरेकी थिइन् । बुधबार बोङबोङले राष्ट्रपतिको उमेद्वारी दर्ता गरेपछि रोब्रेडोले पनि उनीविरुद्ध चुनाब लड्ने घोषणा गरेकी छिन् ।

फिलिपिन्समा राष्ट्रपति र उपराष्ट्रपति छुट्टाछुट्टै चुनिने व्यवस्था छ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  १२ : ३८ बजे

त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू…

मलेखु– हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै

निर्वाचन भयरहित गराउन सशस्त्रले बनायो परिचालन नीति, एक महिनाअघिदेखि खट्ने

काठमाडौं– सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन

चितवनको देवघाट धामलाई प्लास्टिकमुक्त क्षेत्र बनाइने

काठमाडौं– नेपालकै पवित्रस्थल मध्येको एक चितवनको देवघाट धामलाई प्लास्टिकमुक्त क्षेत्र

राजनीतिक दलमा युवालाई कार्यकर्ता र दास ठान्ने प्रवृत्ति अन्त्य हुनुपर्छ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलमा युवाहरूलाई

पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु, आठ घाइते

तानसेन– पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको