एमाले छोडेर माधव नेपालको पार्टीमा गए भानुभक्त जोशी « Khabarhub

एमाले छोडेर माधव नेपालको पार्टीमा गए भानुभक्त जोशी


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता भानुभक्त जोशी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालसहितका नेताहरुले जोशीलाई स्वागत गरेका छन् ।

एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र बाचन गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा माधव समूहमा रहेका नेतालाई पेलेको र एकलौटी पार्टी चलाउन थालेको भन्दै जोशीले एमाले छाडेका हुन्।

त्यसक्रममा उनले भने, ‘एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले मैले एकीकृत समाजवादीमा आवद्ध हुने निर्णय लिएको हुँ।’

साविक नेकपा हुँदा सुदुरपश्चिम प्रदेशको सह-इन्चार्जको जिम्मेवारी पाएका जोशी एमाले समानान्तर कमिटीको प्रदेश अध्यक्ष थिए।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  १ : ०७ बजे

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार