गरिमासँग सुरजको ‘तिमी मुस्कुराउदा’ | Khabarhub Khabarhub

गरिमासँग सुरजको ‘तिमी मुस्कुराउदा’


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक संगम थपलियाको स्वरमा रहेको गीत ‘तिमी मुस्कुराउदा’को भिडियो सार्वजनिक भएको छ ।गीतमा किशोर विश्वकर्माको शब्द र संगीत तथा सञ्जीब बराइलीको एरेञ्ज छ ।

भिडियोमा गरिमा शर्मा र सुरज थपलिया फिचर्ड छन् । कामका सिलसिलामा कुलेखानीमा पुगेका सुरजले गरिमालाई देखेपछि मन पराएको र त्यसपछिका माया प्रेमका घटनाक्रम भिडियोमा हेर्न सकिन्छ ।

कुलेखानीका विभिन्न स्थानमा छाँयांकन गरिएको भिडियोको निर्देशन रमेश थापाले गरेका छन् । गरिमा र सुरजका साथमा गायक संगमलाई पनि भिडियोमा फिचरिङ गरिएको छ । संगम थपलियाको यो पहिलो रेकर्डेड गीत हो ।

उत्सव दाहालको छायांकन रहेको भिडियोमा नहकुल खड्काको सम्पादन, सिता राईको कोरियोग्राफी, मनोरञ्जन श्रेष्ठको कलर संयोजन छ । चन्द्र बिनायक फिल्म्स प्रोडक्सनमा भिडियोको पोष्ट प्रोडक्सनको काम गरिएका हो ।

शिवराम थपलिया गीतको निर्माता हुन् । गीत ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमा रिलिज गरिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  १ : ३२ बजे

अटिजम केयर सोसाइटीकी अध्यक्ष डा सुनिता इन्सार अवार्डबाट सम्मानित

काठमाडौं –अटिजम केयर नेपाल सोसाइटीको अध्यक्ष डा. सुनिता मलेकु अमात्य

प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो

काठमाडौं– प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ ।

कांग्रेसले किन मानेन बालुवाटारको तीनबुँदे सम्झौता ?

काठमाडौं- प्रतिनिधिसभामा विहीबार सत्तापक्ष र प्रतिपक्षी दलका सांसदवीच हंगामा भयो

मुख्यमन्त्रीलाई मत दिएपछि नाउपमा अर्को विवाद, रेशमले दुई सांसदलाई कारवाही गर्ने

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिने दुई

कञ्चनपुरबाट तीन सय ६१ बोरा अवैध गहुँ बरामद

 कञ्चनपुर– कञ्चनपुरबाट सशस्त्र प्रहरीले तीन सय ६१ बोरा अवैध गहुँ