वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदी मृत भेटिए « Khabarhub

वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदी मृत भेटिए


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छ्न्।

काठमाडौँ महानगरपालिका–७ चावहिलस्थित निर्माणाधीन घर नजिक उनको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार गौतम अग्रवालको निर्माणाधीन घरबाट ७४ वर्षीय चतुर्वेदीले हामफालेर आत्महत्या गरेको प्रारम्भिक अनुमान छ । घटनाको थप अनुसन्धान जारी छ । उनको शव बिहान ७ बजे फेला परेको र अहिले शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रवक्ता प्रउ बस्नेतले जानकारी दिए।

प्रहरीका अनुसार घरको चौथो तलामा उनको मोबाइल फेला परेको छ । चतुर्वेदी बिहान मर्निङवाक गएको बेला उक्त घटना भएको जनाइएको छ । चतुर्वेदी तत्कालीन शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष थिए ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  १ : ३७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु