नेपालमा पहिलो पटक मातृ मृत्युदरबारे अध्ययन थालियो | Khabarhub Khabarhub

नेपालमा पहिलो पटक मातृ मृत्युदरबारे अध्ययन थालियो


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पहिलो पटक मातृमृत्यु दरबारे अध्ययन गर्न थालिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनगणना-२०७८ मार्फत पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको हो । मन्त्रालयले मातृ मृत्युदर निर्धारण गर्ने र मृत्युको कारण पहिचान गरी सुरक्षित मातृत्व सेवालाई सुदृढ गर्ने उद्देश्यका साथ जनगणनासँगै मातृमृत्यु दरबारे अध्ययन गर्न थालेको छ।

मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलले प्रजनन उमेर समूहका महिलाको मातृ मृत्यु दर पत्ता लगाउन र सुरक्षित मातृत्व सेवालाई गुणस्तरीय, सर्वसुलभ तथा पहुचयोग्य बनाउनका लागि अध्ययन गर्न थालिएको जानकारी दिएका छन्। उनले मातृ मृत्यु दरको अध्ययनका लागि अहिले स्वास्थ्यकर्मीलाई तालिम दिन थालिएको बताए ।

अध्ययन गर्नका लागि स्वास्थ्यकर्मीलाई यही असोज ४ गतेदेखि कात्तिक १० गतेसम्म सङ्घीय, प्रादेशिक र जिल्लास्तरमा प्रशिक्षक प्रशिक्षण र मौखिक परीक्षण गर्ने स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम दिइन थालिएको छ । उनले जनगणनाबाट प्रतिवेदन तयार पारिने र सोही प्रतिवेदन अनुसार मातृ मृत्यु रोकथामका लागि कार्यक्रम सञ्चालन गरिने बताए।

मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागको सहकार्यमा हुन लागेको यो अध्ययनमा जनगणनाका गणकले कुनै घरपरिवारमा गत १२ महिनामा १५ देखि ४९ वर्षको महिलाको मृत्यु भए नभएको यकिन गर्नेछन् । नेपालमा नै पहिलो पटक गर्न थालिएको अध्ययनमा पहिलो चरणमा जनगणना गर्दा मातृ मृत्युदर भएका सङ्ख्या पत्ता लगाउने र त्यसपछि ती पत्ता लगाइएका मातृ मृत्युको कारण पत्ता लगाउन पुनः दोस्रो चरणमा सम्पूर्ण विवरण लिइने छ ।

महिला गर्भवती, प्रसूति, सुत्केरी भएको छ हप्ताभित्र र अन्य अवस्थामा भएको मातृमृत्यु दरको अध्ययन गरिने छ । कात्तिक २५ देखि मङ्सिर ९ सम्म (१५ दिन) मातृ मृत्यु भएको घरपरिवारको पहिचान गर्ने र त्यसपछि कात्तिक २६ देखि मङ्सिर मसान्तसम्म ती मातृ मृत्युदर के कसरी भयो भनेर मौखिक परीक्षण प्रश्नावली गरिने छ ।

अध्ययनका लागि ८४७ जना सर्वेक्षक परिचालन गरिने छ । महानगरपालिकामा चार, उपमहानगरपालिकामा तीन र नगरपालिका तथा गाउँपालिकामा एक-एक स्वास्थ्यकर्मी खटिने छन् । नेपालमा सन् २०१६ को मातृ मृत्यु अनुपात २३९ रहेकोमा दिगो विकास लक्ष्य अनुरुप सन् २०३० मा ७० मा झार्ने लक्ष्य लिइएको छ । प्रजनन उमेर समूहका महिलाको मृत्युमध्ये १२ प्रतिशत मातृ मृत्यु रहेको पाइन्छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ३ : ०१ बजे

मुख्य तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं– समसामयिक राजनीतिक विषयमा छलफल गर्न मुख्य तीन दलका शीर्ष

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको गिरावट

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल

अधिकांश नागरिक सरकारको कामदेखि निराश

पोखरा – गण्डकी प्रदेशका नागरिक राजनीतिक नेतृत्व, सरकारको कार्यशैली र

ओली सरकारको ११ महिनामा बढ्यो सवा दुई खर्ब ऋण

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षको ११

बालकको ज्यान लिने नरभक्षी चितुवा नियन्त्रणमा लिन सकस

तनहुँ– बन्दीपुर गाउँपालिका– २ कुवादीका ६ वर्षीय बालक उत्सव गुरुङको