आँट गरेरै सर्लाहीबाट उम्मेदवारी दिएको हुँ : सभापति थापा « Khabarhub

आँट गरेरै सर्लाहीबाट उम्मेदवारी दिएको हुँ : सभापति थापा


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका छन् ।

शनिबार काठमाडौंमा सर्लाहीका युवाहरुसँगको छलफलका क्रममा सभापति थापाले काठमाडौंमा आफू सहजै जित निकाल्ने अवस्थामा रहेपनि यसपटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका हुन् ।

काठमाडौं–४ का मतदाताप्रति आफू जीवनभर ऋणी रहने र यस ठाउको निरन्तर सेवा गरिरहने उनको भनाइ छ । सभापति थापाले काठमाडौं बाहिर निर्वाचन लड्ने विचार यसअघिको निर्वाचनमा गरेपनि आँट नपुगेको उल्लेख गरे ।

कांग्रेसलाई मधेशले नै अहिलेको अवस्थामा ल्याएकाले मधेशसँगको मुखको औपचारिक सम्बन्ध जोडेर मात्रै नहुने भन्दै उनले मधेशको नेतृत्व गर्ने प्रयास गरेमात्रै आफू राष्ट्रिय नेता हुने धारणा राखे ।

आफू सो क्षेत्रमा निर्वाचित भए पाँच वर्ष मधेशका लागि आफ्नो काम समर्पित गर्ने उनले बताए । सभापति थापाले सर्लाही–४ मा छुट्टै कार्यालय स्थापना गर्ने र त्यहीबाट आफुले जनताको समस्या सुन्ने उल्लेख गरे ।

त्यस्तै सभापति थापाले युवाहरुको भावनालाई आत्मसात गर्न पार्टीमा परिर्वतनको प्रयास गरेको र सफल भएको बताए । अहिलको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा केहि कमिकमजोरी भएपनि कुनै आर्थिक चलखेल नभएको उनले बताए ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ६ : २० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका