मुक्तिनाथ कृषि कम्पनीले आईपीओ जारी गर्दै | Khabarhub Khabarhub

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ जारी गर्दै


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रक्रिया शुरु गरेको छ ।

सर्वसाधारणको लागि छुट्याइएको धितोपत्र (आईपीओ) निष्कासनको लागि बिहीवार उक्त कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले एक समारोहका बीच धितोपत्र निष्कासन व्यवस्थापनको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रमा उक्त कम्पनीका सञ्चालक तुलसिराम ढकाल, सिताराम काफ्ले र विजय गुरुङ, प्रमुख कार्यकारी अधिकृत सलिलकुमार श्रीवास्तव, कम्पनी सचिव रामशरण तिमल्सिना, मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशि, मुक्तिनाथ बैंकका क्षेत्रीय प्रमुख बाबुराम ढकाल र मेगा क्यापिटलका प्रमुख लगानी अधिकृत सुलभ श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले निजी क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरु मध्ये सर्वसाधारणको लागि यो धितोपत्र निष्कासन पहिलो हुनेछ । यो शुरुवातसँगैै संस्थागत रुपमा विकास हुन नसकेको कृषि क्षेत्रलाई थप परिस्कृत र लगानीको केन्द्र बनाई संस्थागत विकास र अन्य नयाँ सार्वजनिक कम्पनीको आगमनको लागि कोशेढुङगा सावित हुने मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले बताए ।

उल्लेखित सम्झौताअनुसार चालू वर्षको चैत मसान्तभित्र निष्कासनको सवै प्रक्रिया पुरा गरी जारी गर्ने लक्ष्य रहेको छ । यसअन्तर्गत सर्वसाधारणको लागि ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्कासन हुनेछ ।

मुक्तिनाथ बिकास बैंक लिमिटेडलगायत नेपालका ८६३ जनाभन्दा बढि व्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि पेशालाई प्रतिष्पर्धि र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्यसहित कृषि अर्थतन्त्रमा टेवा पुर्‍याउन कृषि मूल्य श्रृङखलाको अवयवहरुमा काम गर्दै आइरहेको छ ।

२०७५ सालमा १ अर्ब रुपैयाँ अधिकृत पूँजी र ४० करोड रुपैयाँ जारी पूँजीसहित स्थापना भएको कम्पनीमा १० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्याइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ३ : ५७ बजे

एकदिने भ्रमणका लागि आइपुगिन् जापानी विदेशमन्त्री योको

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

थरीथरीका गुराँसले ढपक्कै तीनजुरे (फोटो फिचर)

तीनजुरे– पूर्वी नेपालको तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस पर्यापर्यटनको प्रवेशद्वार हो

ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते

काठमाडौं- ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

सार्वजनिक शौचालय प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं– विशेष गरी सहरी भेगमा सार्वजनिक शौचालयको प्रयोग बढी हुने