ओलीले एमालेलाई निजी कम्पनी बनाउन थालेको अध्यक्ष नेपालको टिप्पणी « Khabarhub

ओलीले एमालेलाई निजी कम्पनी बनाउन थालेको अध्यक्ष नेपालको टिप्पणी


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमाले केपी ओलीको निजि कम्पनीको रुपमा रुपान्तरण हुन थालेको टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौँमा एमालेका नेता भानुभक्त जोशीलाई एकीकृत समाजवादी प्रवेश गराउँदै अध्यक्ष नेपालले एमालेभित्र व्यक्तिबाद प्रवृति हावी भएको भन्दै ओलीले एमालेलाई निजी कम्पनीको बनाउन थालेको टिप्पणी गरे ।

उनले ओलीलाई सुधार्न नसकिने निष्कर्षमा पुगेर नेताहरुले एमाले छाडिरहेको तर्क गरे । अध्यक्ष नेपालले आफ्नो पार्टीको नयाँ यात्रामा एमालेका अध्यक्ष ओली बाधक हुने बताए । नेपालले ओलीले विभिन्न खालका भ्रम फैलाएकाले भ्रम चिर्नुपर्ने चुनौती समाजवादीका अगाडि रहेको धारणा राखे ।

समाजवादी प्रवेश गर्दै नेता भानुभक्त जोशीले एमालेको आन्तरिक जिवनमा असहज अवस्था गराई प्रतिनिधिसभा बिघटन गर्ने प्रयास ओलीले गरेको आरोप लगाए । उनले १० बुँदे सहमति कार्यान्वयन नहुँदा एमाले नेता तथा कार्यकर्ता निराश हुन थालेको र पूर्वाग्रहको अवस्था कायमै रहेकाले एमालेबाट राजीनामा गरेको जानकारी दिए ।

समाजवादीले भानुभक्त जोशीलाइ स्थायी कमिटी सदस्यको जिम्मेवारी दिने तयारी गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ४ : २८ बजे

‘जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ’

पाटन (ललितपुर)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिद

एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्रको लगातार तेस्रो जीत

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार

आँट गरेरै सर्लाहीबाट उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४

विश्व राजनीति : ईयु– अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले ग्रिनल्याण्ड विवादका कारण बढ्दो तनावको

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।