ईपीएल क्रिकेट : पोखरा फाइनलमा, उपाधिका लागि चितवनसँग भिड्ने « Khabarhub

ईपीएल क्रिकेट : पोखरा फाइनलमा, उपाधिका लागि चितवनसँग भिड्ने


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत आजको खेलमा जित हात पार्दै पोखरा राइनोज फाइनलमा प्रवेश गरेको छ ।

टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियसर्टलाई ७ विकेटले पराजित गर्दै पोखरा फाइनलमा पुगेको हो । अब उपाधिका लागि पोखराले चितव टाइगर्सको सामना गर्ने भएको हो ।

आजको खेलमा भैरहवाले दिएको १ सय २० रनको लक्ष्य पोखराले १८ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । पोखराको जितमा सहन अर्चाचिगेले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । भैरहवाका भुवन कार्कीले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो । भैरहवाका लागि कप्तान शरद भेषवाकरले अविजित रहदै सर्वाधिक ३२ रन बनाएका थिए ।

पहिलो क्वालिफायरमा पोखरा चितवनसँग नै पराजित भएको थियो । चितवन पनि पहिलो पटक फाइनल पुगेको हो । प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ४ : ३८ बजे

‘देश विकासको भिजन समेटिएको कांग्रेसको घोषणा पत्र तयार हुँदैछ’

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर ५

रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने

मस्को- रुसले युक्रेन र संयुक्त राज्य अमेरिकासँग अबुधाबीमा चार वर्षे

विश्वकप तयारी : आज चेन्नईमा नेपाल र यूएईको ‘वाम अप’ भिडन्त

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल

निपाह भाइरस : कस्तो हुन्छ जोखिम, कसरी बच्ने ?

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि

निर्वाचन आउन ३० दिन बाँकीः मतदाता नामावलीमा नाम नभएका पनि उम्मेदवार !

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको