यी हुन् प्रदेश नम्बर १ मन्त्रिपरिषद् बैठकका निर्णय « Khabarhub

यी हुन् प्रदेश नम्बर १ मन्त्रिपरिषद् बैठकका निर्णय


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदेश नं १ को मन्त्रिपरिषद्को बैठकले प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम सञ्चालन नियमावली २०७८ लाई स्वीकृत गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज बसेको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार देवेन्द्र कार्कीले जानकारी दिए । यसैगरी बैठकले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन नियमावली २०७८ लाई पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।

केही स्थानीय तहको वडाको सङ्ख्या र सिमाना हेरफेरसम्बन्धी स्थानीय तहले प्रस्ताव प्रदेशलाई गर्ने र प्रदेशले सङ्घलाई सिफारिस गर्ने संवैधानिक प्रावधानअनुसार सङ्खुवासभाको धर्मदेवी नगरपालिका, इलामको इलाम नगरपालिका, उदयपुरको बेलका नगरपालिका, धनकुटाको महालक्ष्मी गाउँपालिका र खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले प्रस्ताव गरेअनुसार वडाको सङ्ख्या र सिमाना हेरफेरका लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गर्नुका साथै ती स्थानीय तहले वडाको सङ्ख्या वृद्धि गर्न सिफारिस गरिएको निर्णय गरेको छ ।

प्रदेशको राजस्वको स्रोत अत्यन्त न्यून भएकाले राजस्व स्रोत पहिचानका लागि पाँच सदस्यीय उच्चस्तरीय राजस्व अनुसन्धान कार्यदल गठन बैठकले गर्नुका साथै कार्यदलले प्रदेशको आन्तरिक राजस्वको स्रोत पहिचान, वृद्धि र सम्भावनाबारे अध्ययन गर्नेछ । बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ लाई स्वीकृत गरी नियमावली स्वीकृत भएपछि सरकारले अब चाँडै प्रदेश पर्यटन बोर्ड गठन गर्नेछ ।

उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय मातहतमा रहेका छ जना अस्थायी कर्मचारीको असार मसान्तसम्म म्याद थप्ने निर्णय बैठकले गरेको सल्लाहकार कार्कीले जानकारी दिए । बैठकले प्रदेशका १४ वटै जिल्लामा विषयगत कार्यालय स्थापना गर्ने विषयमा मस्यौदा प्राप्त भएको र थप अध्ययन गरी अर्को बैठकले निर्णय गरी कार्यालय स्थापनाको प्रक्रिया सुरु गरिने भएको छ भने १४ जिल्लामा विषयगत कार्यालय स्थापनाको निर्णय यसअघि नै भइसकेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ८ : ४५ बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका