लक्ष्मीप्रसाद देवकोटाका केही अमर वाणी « Khabarhub

लक्ष्मीप्रसाद देवकोटाका केही अमर वाणी


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. साहित्यिक श्रेष्ठताको नाम जनतामा परेको प्रभाव र सार्वकालीन हृदय स्पर्शितामा निर्भर रहन्छ ।
२. तपाईंसँग मन र हृदयरुपी यति विशाल धन छन् कि तपाईं ती दुवै सागरबाट आँखाले, हातले, गोडाले, शरीरले अधरले उभिएर विश्वलाई जति पनि दिने सामथ्र्य राख्नुहुन्छ ।
३. हृदय र मस्तिष्कको सन्तुलित विकासको पैदावारी गराउने चेष्टाद्वारा प्रकाशमान व्यक्तित्वबाट प्रवाहित सिर्जनाका धारालाई हामी साहित्य भन्दछौँ ।
४. यो जीवन एक वीणा हो, जहाँ विवादह बजाउन दुःख हुन्छ । हामी मृदुल कलाले आनन्द पाउँछौँ ।
५. सत्य प्राकृत छ, असत्य अप्राकृतिक । ईश्वरसाथ हुँदा मानवात्मा शान्ति र पोषण पाउँछ । असत्य आत्मघाती छ ।
६. विज्ञानभन्दा ज्ञान मूल्यवान छ ।
७. जड्मा स्वतः क्रिया हुँदैन क्रिया गर्ने कर्ता स्वतः प्रमाणित हुन्छ ।
८. ईश्वरीय संसार नै शून्य छ, कारण नभई कार्य हुँदैन । हामी उनी छन् भन्ने विश्वासमा जीवन धारण गर्दछौँ ।
९. जुन चीज त्रिकालराध्य छ त्यसलाई सत्य भनिन्छ र ईश्वर नै प्रथम र अन्तिम सत्य हुन् ।
१०. ईश्वरसँग मनुष्यको सादृश्य जनाउने कुनै चीज छ भने ती मानवकल्पता र कला हुन् ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ६ : ४५ बजे

युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रियट हवाई प्रतिरक्षा

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध