लक्ष्मीप्रसाद देवकोटाका केही अमर वाणी « Khabarhub

लक्ष्मीप्रसाद देवकोटाका केही अमर वाणी


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. साहित्यिक श्रेष्ठताको नाम जनतामा परेको प्रभाव र सार्वकालीन हृदय स्पर्शितामा निर्भर रहन्छ ।
२. तपाईंसँग मन र हृदयरुपी यति विशाल धन छन् कि तपाईं ती दुवै सागरबाट आँखाले, हातले, गोडाले, शरीरले अधरले उभिएर विश्वलाई जति पनि दिने सामथ्र्य राख्नुहुन्छ ।
३. हृदय र मस्तिष्कको सन्तुलित विकासको पैदावारी गराउने चेष्टाद्वारा प्रकाशमान व्यक्तित्वबाट प्रवाहित सिर्जनाका धारालाई हामी साहित्य भन्दछौँ ।
४. यो जीवन एक वीणा हो, जहाँ विवादह बजाउन दुःख हुन्छ । हामी मृदुल कलाले आनन्द पाउँछौँ ।
५. सत्य प्राकृत छ, असत्य अप्राकृतिक । ईश्वरसाथ हुँदा मानवात्मा शान्ति र पोषण पाउँछ । असत्य आत्मघाती छ ।
६. विज्ञानभन्दा ज्ञान मूल्यवान छ ।
७. जड्मा स्वतः क्रिया हुँदैन क्रिया गर्ने कर्ता स्वतः प्रमाणित हुन्छ ।
८. ईश्वरीय संसार नै शून्य छ, कारण नभई कार्य हुँदैन । हामी उनी छन् भन्ने विश्वासमा जीवन धारण गर्दछौँ ।
९. जुन चीज त्रिकालराध्य छ त्यसलाई सत्य भनिन्छ र ईश्वर नै प्रथम र अन्तिम सत्य हुन् ।
१०. ईश्वरसँग मनुष्यको सादृश्य जनाउने कुनै चीज छ भने ती मानवकल्पता र कला हुन् ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ६ : ४५ बजे

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका