साउदीमा एक हप्तामा १५ हजारबढी आप्रबासी कामदार पक्राउ « Khabarhub

साउदीमा एक हप्तामा १५ हजारबढी आप्रबासी कामदार पक्राउ


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– नेपाली कामदारको श्रम गन्तब्य साउदी अरबले एक हप्तामा १५ हजार ३ सय ९९ जना अबैध आप्रबासी कामदारहरूलाई प्रकाउ गरेको छ ।

त्यहाँको गृह मन्त्रालयका अनुसार एक हप्ताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १५ हजार ३ सय ९९ जनालाई पक्राउ गरेको जनाएको छ ।

अक्टोबर २८ देखि नोभेम्बर ३ गतेसम्म राज्यभर सुरक्षा बलका विभिन्न इकाइले गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको मन्त्रालयले जनाएको छ ।

पक्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लङ्घन गर्ने ७ हजार २ सय ९२, सीमा सुरक्षा नियम उल्लंघन गर्ने ६ हजार ३ सय ७३ र श्रम कानून उल्लंघन गर्ने १ हजार ७ सय ३४ रहेका छन् ।

यी मध्ये १७ जना अबैध आप्रबासी कामदारलाई सहयोग र संरक्षण गर्नेहरू पनि रहेको मन्त्रालयलाई उद्रित गर्दै साउदी गजेटले जनाएको छ। यी सबैलाई सजाय तथा कानुनी प्रकृया पुर्याएर देश निकाला गरिने जनाएको छ ।

कुल ८८ हजार २९ उल्लङ्घनकर्ताहरू अहिले नियम उल्लङ्घन गर्ने प्रक्रियाको अधिनमा छन्, जसमध्ये ७८ हजार ६८७ पुरुष र ९ हजार ३४२ महिला रहेको जनाएको छ ।

तीमध्ये ७२ हजार ७८८ उल्लङ्घनकारीहरूलाई यात्रा कागजातहरू प्राप्त गर्न तिनीहरूको कूटनीतिक नियोगहरूमा पठाइएको थियो । ३ हजार ७४६ उल्लङ्घनकारीहरूलाई उनीहरूको यात्रा आरक्षण पूरा गरी स्वदेश पठाईसकेको छ भने १० हजार १७ जनालाई पुन: साउदी प्रवेश गर्न नसक्ने गरि देश निकाला गरिएको जनाएको छ ।

घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने,कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिवानाको सजाय हुने मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रबासीलाई लक्षित गरी धड्पकड अभियान तीब्र पारेसँगै सयौ नेपालीहरू पनि पक्राउ परेको बुझिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ७ : ४३ बजे

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको