साउदीमा एक हप्तामा १५ हजारबढी आप्रबासी कामदार पक्राउ « Khabarhub

साउदीमा एक हप्तामा १५ हजारबढी आप्रबासी कामदार पक्राउ


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– नेपाली कामदारको श्रम गन्तब्य साउदी अरबले एक हप्तामा १५ हजार ३ सय ९९ जना अबैध आप्रबासी कामदारहरूलाई प्रकाउ गरेको छ ।

त्यहाँको गृह मन्त्रालयका अनुसार एक हप्ताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १५ हजार ३ सय ९९ जनालाई पक्राउ गरेको जनाएको छ ।

अक्टोबर २८ देखि नोभेम्बर ३ गतेसम्म राज्यभर सुरक्षा बलका विभिन्न इकाइले गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको मन्त्रालयले जनाएको छ ।

पक्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लङ्घन गर्ने ७ हजार २ सय ९२, सीमा सुरक्षा नियम उल्लंघन गर्ने ६ हजार ३ सय ७३ र श्रम कानून उल्लंघन गर्ने १ हजार ७ सय ३४ रहेका छन् ।

यी मध्ये १७ जना अबैध आप्रबासी कामदारलाई सहयोग र संरक्षण गर्नेहरू पनि रहेको मन्त्रालयलाई उद्रित गर्दै साउदी गजेटले जनाएको छ। यी सबैलाई सजाय तथा कानुनी प्रकृया पुर्याएर देश निकाला गरिने जनाएको छ ।

कुल ८८ हजार २९ उल्लङ्घनकर्ताहरू अहिले नियम उल्लङ्घन गर्ने प्रक्रियाको अधिनमा छन्, जसमध्ये ७८ हजार ६८७ पुरुष र ९ हजार ३४२ महिला रहेको जनाएको छ ।

तीमध्ये ७२ हजार ७८८ उल्लङ्घनकारीहरूलाई यात्रा कागजातहरू प्राप्त गर्न तिनीहरूको कूटनीतिक नियोगहरूमा पठाइएको थियो । ३ हजार ७४६ उल्लङ्घनकारीहरूलाई उनीहरूको यात्रा आरक्षण पूरा गरी स्वदेश पठाईसकेको छ भने १० हजार १७ जनालाई पुन: साउदी प्रवेश गर्न नसक्ने गरि देश निकाला गरिएको जनाएको छ ।

घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने,कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिवानाको सजाय हुने मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रबासीलाई लक्षित गरी धड्पकड अभियान तीब्र पारेसँगै सयौ नेपालीहरू पनि पक्राउ परेको बुझिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ७ : ४३ बजे

दिनभर स्थानीयको अवरोधपछि रातको समयमा धमाधम पिच, वडा अध्यक्ष नै फिल्डमा

काठमाडौं – काठमाडौंको बालाजु बाइपास सडक धमाधम पिच हुन थालेको

बालुवाटारमा एमालेले भन्योः अहिले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था नगरौँ

काठमाडौँ– नेकपा एमालेले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा

अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पछिल्लो समय

सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता

उदयपुर – सुनकोशी नदीमा हाम फालेका उदयपुरको कटारी–३ च्याँगाका ६२

प्रदीप ज्ञवाली भन्छन्ः एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले