साढे ४ लाख नगदसहित १६ जुवाडे पक्राउ « Khabarhub

साढे ४ लाख नगदसहित १६ जुवाडे पक्राउ


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले काठमाडौँमा १६ जना जुवाडेलाई पक्राउ गरेको छ । ४ लाख ४३ हजार ५०३ नगदसहित १६ जुवाडेलाई नैकापबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले चन्द्रागिरि नगरपालिका वडा नं १४ पुरानो नैकापस्थित शंकर थापाको घरमा जुवा खेलिरहेको अवस्थामा शनिबार राति १६ जनालाई पक्राउ गरेको हो । प्रहरीले ७ बुक ताससहित उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकापका५२ वर्षीय पुष्कर थापा, सोही नगरपालिकाका ४६ वर्षीय पूर्ण बहादुर बस्नेत, ४१ वर्षीय सुदर्शन बिडारी, ४६ वर्षीय लव कार्की, ४४ वर्षीय सुदामा केसी, ३१ वर्षीय विजय बुढाथोकी, ५० वर्षीय रवीन्द्र थापा, ४३ वर्षीय राजन खत्री रहेका छन् ।

चन्द्रागिरि नगरपालिका १३ कै ३६ वर्षीय विश्वासजंग कार्की, ४० वर्षीया सन्जु थापा, ३८ वर्षीय निरञ्जन शाह ठकुरी र ४४ वर्षीय अष्टमान महर्जन, चन्द्रागिरि नगरपालिका १४ का ४१ वर्षीय शंकर थापा, चन्द्रागिरि नगरपालिका १२ का निरञ्जन केसी, दैलेख दुल्लु नगरपालिका ११ घर भई चन्द्रागिरि नगरपालिका १३ बस्‍दै आएका ४७ वर्षीय गणेश रसाइली र काभ्रे पाँचखाल नगरपालिका ११ घर भई हाल दक्षिणकाली नगरपालिका १ बस्‍दै आएका ३६ वर्षीय कृष्णबहादुर मगर पक्राउ परेको छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  १२ : ४० बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ