बाढीपहिरोको कहर : १५ वर्षअघि १० जना गुमाए, अहिले खेत बगर बन्यो « Khabarhub

बाढीपहिरोको कहर : १५ वर्षअघि १० जना गुमाए, अहिले खेत बगर बन्यो


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– ९ भदौ २०६३ राति १२ बजे अविरल वर्षाका कारण बैतडीको दशरथचन्द नगरपालिका–६ टाक गाउँको एकै परिवारका १० जनाले ज्यान गुमाए ।

वर्षाका कारण दुई घर भत्किएपछि त्यस दिन घरमा नभएका व्यक्ति बाँचेका थिए । उतिबेला मृतकको आश्रित परिवारलाई प्रतिमृतक १५ हजार रकमका दरले एक लाख ५० हजार राहत दिइएको थियो ।

त्यसबाहेक उनीहरूले कतैबाट केही पनि सहयोग पाएनन् । भत्केको घर नजिकै झुप्रोमा बास बस्दै आएका थिए । उनीहरू बस्दै आएको घर अहिले जीर्ण भैसकेको छ । यही कात्तिक पहिलो साता भएको अविरल वर्षाका कारण बाँकी रहेको उक्त घरसमेत पहिरोको उच्च जोखिममा परेको छ । अहिले पीडित डम्बरराम महरको सात जनाको परिवार त्रिपालमूनि बस्दै आएको छ ।

पीडित महरले भने, ‘२०६३ सालमा म बझाङमा रहेकाले बाँचेको हुँ । मेरा ठूलाबुबा र दाइको परिवारको पहिरोमा पुरिएर मृत्यु भएको थियो । मेरो छोरीसहित चार जना गम्भीर घाइते भएका थिए । छोरी पदमालाई दुई दिनपछि पहिरोबाट निकालिएको थियो । उनको नशा च्यापिएकाले अहिले पनि दैनिक औषधि खुवाउनुपर्ने र हरेक दुई महिनामा भारतको बरेली अस्पताल लग्नुपर्छ । त्यो पीडा एकातिर छदैँ थियो । तर, यसपालिको वर्षाले मेरो चार रोपनी जमिन बगरमा परिणत गरिदिएको छ । घर पनि जीर्ण भइसकेको छ । अहिले त्रिपालमूनिको बास भएको छ । पानी पर्दा उभिएरै रात कटाउँछौँ ।’

जनता आवास कार्यक्रममार्फत घर निर्माणका लागि निवेदन दिए पनि आफू छनोटमा नपरेको उनले गुनासो गरे । महरले भने, ‘दुई पटक जनता आवास कार्यक्रमका लागि निवेदन आह्वान हुँदा निवेदन दिएँ । मेरोभन्दा कम पीडा भएका व्यक्ति छनोट हुन्छन् । तर, मेरो निवेदन स्वीकृत भएको छैन । पहिलाको बाढीमा बचेको खेत अहिले बगेकाले घर बनाउने ठाउँसमेत छैन् । अत्यन्त पीडामा छु । कसरी गाँसबासको व्यवस्था गर्ने, केही सोच्नै सकेको छैन ।’ ज्वाइँको मृत्यु भएकाले छोरी हेमा पनि आफूसँगै रहेको र उनको पालनपोशणसमेत आफैँले गर्नुपरेको उनको भनाइ छ ।

२०६३ को घटना हुँदा दुई दिनपछि पहिरोबाट निकालिएकी महरकी घाइते छोरी पदमा अझै उपचारको क्रममा छिन् । उनलाई हरेक दुई महिनामा उपचारका लागि भारतको बरेली लैजानु पर्छ ।

उतीबेला कहिले महर, उनका छोरा विश्राम र बुहारी लक्ष्मी तथा नातिनातिनी भुवनेश्वर, रेखा, चिना, शंका र पिंकीको ज्यान गएको थियो । यसैगरी उतिबेला भारतमा रहेका रत्ने महरका छोरीहरू रितु र गोमतीको मृत्यु भएको थियो ।

२०६३सालमा महर परिवारका एक ढलान घर र अर्को आठ कोठे छानो भएको घर भत्किएको थियो भने यस वर्षको बेमौसमी वर्षामा बाँकी रहेको घर र सबै खेतबारी पहिरोले लगेपछि महर परिवारको विचल्ली भएको छ ।

अहिले महर राहतको खोजीमा दैनिक जिल्ला सदरमुकाम धाउने गरे पनि सुनुवाइ नभएको बताउँछन् । उनले वडादेखि नगरपालिका, प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायत सबै ठाउँमा आफ्नो पीडा सुनाइसकेको बताएका छन् । न्यूजकारखाना

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ३ : ४१ बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको