पुनीतको निधनको अनुसन्धान गर्न माग « Khabarhub

पुनीतको निधनको अनुसन्धान गर्न माग


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– कन्नड फिल्म उद्योगका पावरस्टार पुनीत राजकुमारको गन अक्टोबर २९ मा निधन भएको थियो । तर उनका फ्यानबीच अहिले पनि शोकको लहर जारी नै छ । अभिनेताको अचानक निधन फ्यानका लागि कुनै ठूलो आपत भन्दा कम छैन ।

यही शोकका कारण उनका १० भन्दा बढी फ्यानले आत्महत्या गरिसकेका छन् । यही मामलामा पुनीतका एक फ्यानले कर्नाटकको एक प्रहरी चौकीमा अभिनेताको निधनको कारणको अनुसन्धान हुनुपर्ने भन्दै निवेदन दिएका छन् ।

अरुण नामका फ्यानले अभिनेताको मृत्यु शंकास्पद भएकाले उनको मृत्युको अनुसन्धान हुनुपर्ने भन्दै निवेदन दिएका हुन् । ‘अभिनेता पूर्ण रुपमा स्वस्थ थिए र जसै उनको स्वास्थ्य बिग्रियो, उनलाई जिमबाट तुरुन्तै अस्पताल लगिएन’, निवेदनमा उल्लेख छ ।

प्रहरीले निवेदन स्वीकार्दै मृत्युको विषयमा अनुसन्धान हुने आश्वासन दिएको छ । अभिनेता सुशान्तसिंह राजपूतको अचानक निधन भएपछि उनका फ्यानले निरन्तर अनुसन्धानको माग गरिरहेका छन् ।

पुनीतले निधनपछि नेत्रदान गर्ने निर्णय अनुरुप उनको निधनको ६ घण्टा भित्र उनका दुवै आँखा निकालिएका थिए । अभिनेताको निधन पछि उनका फ्यानहरुले पनि आँखा दान गर्ने निर्णय लिएका छन् । उनका फ्यानहरु बेङलोरको नारायण नेत्रालय अस्पताल पुगेका छन् । अस्पतालका अनुसार हालसम्म करिब २ सय फ्यानले आफ्नो नाम दर्ता गराइसकेका छन् ।

पुनीत फिल्म ‘जेम्स’को सुटिङमा व्यस्त थिए र यो फिल्म पछि उनी ‘द्वित्व’को काममा जोडिन लागेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ३ : ३८ बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु