यसकारण सुटुक्क गरियो राजकुमारको अन्त्येष्टि « Khabarhub

यसकारण सुटुक्क गरियो राजकुमारको अन्त्येष्टि


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउडमा यस्ता केही कलाकार छन्, जो अभिनयका लागि मात्र होइन, उनीहरुको व्यक्तित्वका कारण पनि दर्शकहरु सम्झिइरहन्छन् । यसमा अभिनेता राजकुमार पर्छन् ।

राजकुमार एक यस्ता अभिनेता थिए, जसले आफ्नो जीवन फरक किसिमले बाँचे र कहिल्यै पनि कुनै कुराको चासो दिएनन् । उनी फिल्म उद्योगकै सबैभन्दा बोलक्क र प्रष्टवक्ता थिए । कसैमाथि मजाक गर्नु, कसैलाई मजाकमा उडाउनु जस्ता कुरामा राजकुमार धेरैबेर सोचविचार गर्दैन थिए ।

आफ्नो बोलीका कारण को दुःखी भयो अथवा को खुशी भयो भन्ने कुरामा उनी चासो राख्दैन थिए । राजकुमारको अगाडि अमिताभ बच्चन, धर्मेन्द्र, सलमान खान, गोविन्दा, जीनत अमान जस्ता कलाकार पनि बोल्न डराउथे । तर यिनै अभिनेताको निधनपछिको अन्त्येष्टि सुटुक्क गरियो । जसमा उनको परिवारबाहेक कोही पनि उपस्थित थिएनन् ।

राजकुमारको सुपरहिट फिल्म ‘तिरंगा’का निर्देशक मेहुल कुमारले उनको सुटुक्क अन्त्येष्टिको बारेमा खुलासा गरेकी छन् । उनका अनुसार राजकुमारले आफ्नो मृत्यु अघि कसैलाई पनि आफ्नो अन्तिम संस्कारमा सहभागी नहुन उर्दी जारी गरेका थिए । यो कुरा राजकुमारले मेहुललाई भनेका थिए ।

राजकुमारले मेहुललाई फिल्म ‘मरते दम तक’मा आफ्नो मृत्युको दृश्यबारे बयान गरिरहेका थिए । मेहुलका अनुसार यो फिल्ममा राजकुमारको मृत्युपछि उनको अन्त्येष्टि यात्रा गर्दा उनलाई गाडीमा सुताइएको थियो । मेहुलले राजकुमारलाई फूलमाला चढाउदा राजकुमारले ‘अहिले नै माला लगाउनु, अब म जान्छु त्यो बेला म कतिबेला गएँ भन्नेकुरा कसैलाई थाहा हुँदैन’ भनेका थिए ।

‘त्यो बेला मैले उहाँलाई केही सोधिनँ । जब त्यो दृश्य छायांकन सकियो, त्यसपछि बेलुका मैले ‘तपाईंले किन यस्तो कुरा गर्नुभयो ?’ भनेर सोधें । त्यो बेला उहाँले ‘मानिसहरु शवयात्रालाई तमाशा बनाउछन् । मानिसहरु राम्रो सेतो कपडा लगाएर आउनेछन् । मिडियावाला पनि आउनेछन् । एक मरेको व्यक्तिलाई सम्मान दिनुको साटो त्यो केवल तमाशा मात्र बन्दछ’ भनेर भन्नुभएको थियो’, मेहुलले भनेका छन् ।

राजकुमारले आफ्नो अन्तिम संस्कारमा परिवारका सदस्य मात्र सहभागी हुन् भन्ने चाहेका थिए । उनको अन्तिम संस्कार पनि उनको चाहना अनुसार नै भयो । अर्थात् उनको अन्तिम संस्कारमा परिवारका सदस्यमात्र उपस्थित थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ४ : ११ बजे

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।