यसकारण सुटुक्क गरियो राजकुमारको अन्त्येष्टि « Khabarhub

यसकारण सुटुक्क गरियो राजकुमारको अन्त्येष्टि


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउडमा यस्ता केही कलाकार छन्, जो अभिनयका लागि मात्र होइन, उनीहरुको व्यक्तित्वका कारण पनि दर्शकहरु सम्झिइरहन्छन् । यसमा अभिनेता राजकुमार पर्छन् ।

राजकुमार एक यस्ता अभिनेता थिए, जसले आफ्नो जीवन फरक किसिमले बाँचे र कहिल्यै पनि कुनै कुराको चासो दिएनन् । उनी फिल्म उद्योगकै सबैभन्दा बोलक्क र प्रष्टवक्ता थिए । कसैमाथि मजाक गर्नु, कसैलाई मजाकमा उडाउनु जस्ता कुरामा राजकुमार धेरैबेर सोचविचार गर्दैन थिए ।

आफ्नो बोलीका कारण को दुःखी भयो अथवा को खुशी भयो भन्ने कुरामा उनी चासो राख्दैन थिए । राजकुमारको अगाडि अमिताभ बच्चन, धर्मेन्द्र, सलमान खान, गोविन्दा, जीनत अमान जस्ता कलाकार पनि बोल्न डराउथे । तर यिनै अभिनेताको निधनपछिको अन्त्येष्टि सुटुक्क गरियो । जसमा उनको परिवारबाहेक कोही पनि उपस्थित थिएनन् ।

राजकुमारको सुपरहिट फिल्म ‘तिरंगा’का निर्देशक मेहुल कुमारले उनको सुटुक्क अन्त्येष्टिको बारेमा खुलासा गरेकी छन् । उनका अनुसार राजकुमारले आफ्नो मृत्यु अघि कसैलाई पनि आफ्नो अन्तिम संस्कारमा सहभागी नहुन उर्दी जारी गरेका थिए । यो कुरा राजकुमारले मेहुललाई भनेका थिए ।

राजकुमारले मेहुललाई फिल्म ‘मरते दम तक’मा आफ्नो मृत्युको दृश्यबारे बयान गरिरहेका थिए । मेहुलका अनुसार यो फिल्ममा राजकुमारको मृत्युपछि उनको अन्त्येष्टि यात्रा गर्दा उनलाई गाडीमा सुताइएको थियो । मेहुलले राजकुमारलाई फूलमाला चढाउदा राजकुमारले ‘अहिले नै माला लगाउनु, अब म जान्छु त्यो बेला म कतिबेला गएँ भन्नेकुरा कसैलाई थाहा हुँदैन’ भनेका थिए ।

‘त्यो बेला मैले उहाँलाई केही सोधिनँ । जब त्यो दृश्य छायांकन सकियो, त्यसपछि बेलुका मैले ‘तपाईंले किन यस्तो कुरा गर्नुभयो ?’ भनेर सोधें । त्यो बेला उहाँले ‘मानिसहरु शवयात्रालाई तमाशा बनाउछन् । मानिसहरु राम्रो सेतो कपडा लगाएर आउनेछन् । मिडियावाला पनि आउनेछन् । एक मरेको व्यक्तिलाई सम्मान दिनुको साटो त्यो केवल तमाशा मात्र बन्दछ’ भनेर भन्नुभएको थियो’, मेहुलले भनेका छन् ।

राजकुमारले आफ्नो अन्तिम संस्कारमा परिवारका सदस्य मात्र सहभागी हुन् भन्ने चाहेका थिए । उनको अन्तिम संस्कार पनि उनको चाहना अनुसार नै भयो । अर्थात् उनको अन्तिम संस्कारमा परिवारका सदस्यमात्र उपस्थित थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ४ : ११ बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन