पापराजीबाट बच्न छातामा लुके शाहरुख | Khabarhub Khabarhub

पापराजीबाट बच्न छातामा लुके शाहरुख


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेता शाहरुख खान छोरा आर्यन खान लागुऔषध मुद्धामा जोडिएपछि फ्यान र पापराजीबाट बचेर हिँड्न थालेका छन् । यस्तै दृश्य आइतबार मुम्बईको एक प्राइभेट एयरपोर्ट बाहिर देखियो । जब शाहरुख पापराजीबाट बच्न कालो छातामा लुकेर गाडीभित्र पसे ।

बलिउड पापराजी विरल भयानीले आइतबार सामाजिक सञ्जाल इन्स्टाग्राममा एयरपोर्ट बाहिरको एक भिडियो राखे । जहाँ शाहरुख छातामा लुकेर गाडीमा पसेको देख्न सकिन्छ । ‘शाहरुखको टिम दिल्लीबाट निकै जासुसी तरिकाले फर्किएको छ । कलिना एयरपोर्टको भिडियो हो, जहाँ उनको निजी विमान अवतरण भएको छ’, उनले लेखेका छन् ।

यो भिडियो सार्वजनिक हुनासाथ सामाजिक सञ्जाल प्रयोगकर्ताले शाहरुखलाई ट्रोल बनाएका छन् । एक प्रयोगकर्ताले ‘छोराको क्रियाकलापले मुख लुकाएर आउने जाने गरिरहनु परेको छ’ भन्दै लेखेका छन् । अर्का प्रयोगकर्ताले ‘लागुऔषध दुव्र्यसनीको पिता मुख छोपेरै घुम्छन्’ भनी लेखेका छन् । केहीले भने अभिनेतालाई ‘लागुऔषधवाला’ र ‘दुव्र्यसनी’ भनेर बोलाएका छन् ।

शाहरुख हरेक वर्ष नोभेम्बर २ मा आफ्नो जन्मदिनमा मन्नत बाहिर आएका फ्यानलाई घरमा बनाइएको विशेष स्थानबाट अभिवादन गर्थे । तर उनले यो वर्ष त्यो काम गरेनन् । जन्मदिनमा मन्नत बाहिर हजारौं फ्यान जम्मा भए पनि उनले उपस्थिति नजनाउदा फ्यानहरु निराश भएका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ५ : ५९ बजे

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

भोजपुर– अभिभावकविहीन तथा अतिविपन्न २२ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ