आक्रमणबाट बाँचेका इराकी प्रधानमन्त्रीले गरे शान्ति वार्ताको आह्वान « Khabarhub

आक्रमणबाट बाँचेका इराकी प्रधानमन्त्रीले गरे शान्ति वार्ताको आह्वान


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इराकी प्रधानमन्त्री मुस्तफा अल-काधिमीले आइतबार आफ्नो आधिकारिक निवासलाई लक्षित गरी ड्रोनद्वारा गरिएको हत्या प्रयासको आलोचना गर्दै देशको भविष्यका लागि सबै इराकीहरूबीच शान्ति वार्ताका निम्ति आह्वान गरेका छन् ।

अल-काधिमीले आफ्नो आधिकारिक ट्विटर पेजमा पोस्ट गरिएको भिडियोमा आफू र आफ्नो निवासमा रहेका अन्य कामदारहरू सुरक्षित रहेको पुष्टि गर्दै ‘कायरतापूर्ण’ क्षेप्यास्त्र र कायर ड्रोनले मातृभूमि वा भविष्य (देशको लागि) निर्माण गर्दैन भन्दै राज्य र यसका संस्थाहरूलाई सम्मान गरेर मात्र सबै इराकीहरूको लागि राम्रो भविष्य सृजना गर्न सकिने बताउँदै सबल र सुन्दर मातृभूमि निर्माण गर्न सबै पक्षसँग आग्रह गरेका छन् ।

‘म सबै पक्षहरूलाई इराक र यसको भविष्य निर्माण गर्न शान्ति वार्ताको सहारा लिन आह्वान गर्दछु’, अल-काधिमीले आफ्नो भाषणमा उल्लेख गरेका छन् ।

बिहानको समयमा अल-काधिमी इराकी सरकार र विदेशी दूतावासका केही मुख्य कार्यालयहरू रहेको बलियो सुरक्षायुक्त ग्रीन जोन स्थित उनको निवासमा बुबी-ट्रप ड्रोनद्वारा आक्रमण गरिएको थियो ।

गत महिनाको चुनावी नतिजालाई अस्वीकार गर्ने राजनीतिक दलका अनुयायीहरूले गरेको विरोधको बीचमा हत्याको प्रयास भएको हो ।

शुक्रबार प्रदर्शनले ग्रीन जोनको प्रवेशद्वारमा सुरक्षाकर्मीहरूसँग झडपको  उग्र रूप लिएको थियो जसमा दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।

गत अक्टोबर १० मा भएको संसदीय चुनावको मतपरिणामबाट असन्तुष्ट राजनीतिक दलहरूले चुनावमा धाँधली भएको र ‘बनावटी परिणाम’ स्वीकार नगर्ने भन्दै विरोध गर्दै आएका छन् ।

इराकी स्वतन्त्र उच्च निर्वाचन आयोगले राजनीतिक दलहरूद्वारा पेश गरिएका अपील र गुनासोहरूलाई विचार गरिरहेको बेला राजधानी बगदादलगायत इराकी शहरहरूमा चुनावी परिणामहरूलाई अस्वीकार गर्ने राजनीतिक दलहरूका अनुयायीहरू सडकमा आन्दोलित छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ६ : ४५ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल