मनाङका बाढीपीडितले घर बनाउन साढे पाँच महिनापछि पाए अनुदान | Khabarhub Khabarhub

मनाङका बाढीपीडितले घर बनाउन साढे पाँच महिनापछि पाए अनुदान


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– मनाङका बाढीपीडितलाई साढे पाँच महिनापछि २ लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ ।

गण्डकी प्रदेश सरकारले २ लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराएको हो । पूर्ण क्षतिको सूचीमा परेका तालगाउका २२ घरधुरीलाई प्रदेश अर्थमन्त्री रामजी बरालले केही दिन अघि धारापानीमा आएर २/२ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार प्रदेश सरकारबाट ७४ लाभग्राहीका लागि १ करोड ४८ लाख रुपैयाँ बजेट आएको थियो। प्रदेश विपद् व्यवस्थापन नियमावलीअनुसार १ लाख रुपैयाँ र हिमाली जिल्लाको हकमा सरकारले विशेष प्रभावित क्षेत्र घोषणा गरेकाले थप १ लाख गरी २ लाख रुपैयाँ आएको उनले बताए।

उनका अनुसार यो रकम निजी आवास पुनर्निर्माणका लागि हो। संघ सरकार र स्थानीय सरकारको रकम आउन बाँकी रहेको उनले बताए। मन्त्री बरालले भने विशेष प्याकेजका रूपमा बाढीपीडितलाई उक्त रकम प्रदान गरिएको बताए।

नासों गाउँपालिका १ का अध्यक्ष झलकबहादुर गुरुङका गाउँपालिकाभित्रका ८२ घरधुरीमा बाढीपहिरोले क्षति पुर्‍याएकाे थियो। यसमा पूर्ण क्षति भएका ४४ घर छन् । आंशिक क्षति तर उच्च जोखिमका १५ घर छन् । आंशिक क्षति न्यून जोखिमका २३ घर छन् । उनका अनुसार वडा १ को तालमा मात्रै ५८ घरमा क्षति पुगेकोमा २३ घरमा पूर्ण क्षति छ।

नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले गाउँपालिकाभित्र पूर्ण क्षति पुगेका लाभग्राहीको संख्या ४४ जना रहेकोमा ३९ जनाले २ लाख रुपैयाँका दरले राहत पाएको बताए।

५ जनाको भने केही कागजात अपुग भएको भन्दै नपाएको उनले बताए। उनका अनुसार क्षति भएको ठाउँमा टालटुल गर्न, अस्थायी टहरा बनाउन भन्दै उक्त रकम बाढीपीडितलाई प्रदान गरीएको हो । मनाङमा पुनर्निर्माणका लागि केन्द्रले ६० प्रतिशत, प्रदेशले ३० प्रतिशत र स्थानीय तहले १० प्रतिशत रकम उपलब्ध गराउनेछन् ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ७ : ४४ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक

‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

काठमाडौं– ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब

सरकारको काममा सन्तुष्ट छैनौँ, समर्थन दिन बाध्य छौँ

काठमाडौं– जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउत