द्वन्द्वपीडित महिलाको प्रश्न : विस्तृत शान्ति सम्झौताको १५ वर्ष पुग्यो, हामीले न्याय कहिले पाउने ? « Khabarhub

द्वन्द्वपीडित महिलाको प्रश्न : विस्तृत शान्ति सम्झौताको १५ वर्ष पुग्यो, हामीले न्याय कहिले पाउने ?


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– सशस्त्र द्वन्द्वपीडितले मुलुक शान्ति प्रक्रियामा प्रवेश गरेको १५ वर्ष पुग्दा पनि न्याय पाउन नसकेको गुनासो गरेका छन् । १६ दिने महिला हिंसाविरुद्धको अभियान अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाले आयोजना गरेको द्वन्द्वकालीन यौन हिंसा र पीडितको न्यायमा सरोकारवालाको भूमिका विषयक अन्तर्क्रियाका सहभागीले यस्तो गुनासो गरेका हुन् ।

बाँके बैजनाथ-४ की पार्वती बुढा विगत सम्झन चाहदिनन् । सशस्त्र द्वन्द्वको बेलामा उनीमाथि भएको क्रुरताले राम्रोसँग निदाउन पनि सक्दिनन् । द्वन्द्वकालमा राज्य पक्षका सेनाले दिएको शारीरिक र यौन यातनाको मानसिक घाउले अझै पनि उनलाई झस्काउने गरेको छ । कलिलै उमेरमा क्रुरता भोगेकी उनी अहिले पनि नियमित खान्छिन् ।

सेनाले लगेर १६ महिना कहाँ राख्यो उनलाई थाहा छैन । तर, त्यसपछिको १२ महिना भने उनलाई जेलमा राखिएको थियो । उनलाई अझै पनि आफूले भोगेका समस्या खुलेर भन्नपाए हुन्थ्यो जस्तो लाग्छ । तर, पारिवार र सामाजको डरले उनलाई खुलेर बोल्न धक लाग्छ ।

‘गर्भवती थिए मलाई यातना दिएरै मेरो गर्भपतन गराइयो । चरम यातना दिइयो । खोई त मैले न्याय पाएको ? नभनी नहुने र भन्न पनि सजिलो नभएकोले यसले म र म जस्तै पीडा भोगेकालाई भित्रभित्रै दुखिरहेको छ । झन द्वन्द्वका पीडितका सवालमा सरकार चुप लागेर बसेको छ । यसले हाम्रो मन झनै दुख्छ,’ बुढाले भनिन्, ‘कतै सेवा लिन जाँदा हामीसँग प्रमाण मागिन्छ । द्वन्द्वकालमा भोगेका यौन हिंसाका घटना सुनाउन त महिलालाई निकै समस्या छ भने कागजपत्र, तथ्य र प्रमाण त कसरी जुटाउन सक्छौँ हामी ।’

द्वन्द्व र विगतको दिन सम्झिने वित्तिकै कौशिला चौलागाईंको मन अमिलो हुन्छ । शरीरमा काँढा उठ्छ । द्वन्द्वकालमा यातना पीडित र घाइते हुन् उनी । तत्कालीन सेनाले मरणाशन्न हुनेगरि पिटेर गोली हानेर मरिन् सोचेर सिस्नोको झ्याङमा फालेर गएको भए पनि बाँच्ने नियतिले बाँचेकी उनी घाइते तन र मन दुवैको भारि बोकेर हिँड्न बाध्य छिन् । उनलाई आफ्नो दु:ख पोख्न मन लाग्छ । तर, कोसँग पोख्नु । कसले सुन्छ उनको दु:ख । द्वन्द्वले उनको मनमा रोपिदिएको सुइरो अझै उनको मनमै छ ।

कलिलै उमेरमा विद्यालय पढ्दै गर्दा तत्कालीन बिद्रोहीको अपहरणमा परी युद्धमा सामेल भएकी बाँकेकै कौशिला कार्की भन्छिन्,‘पढ्दापढ्दै ज्यान जोखिममा पारेर द्वन्द्वमा होमिनु रहर थिएन । करकाप र डरले भए पनि द्वन्द्वको मैदानमा जानु बाध्यता थियो । अब भन्नुस त यसमा मेरो के दोष ?’

नीति निर्माण तहमा द्वन्द्वकालीन मुद्दा नउठाइनु दु:खद भएको कौशिलाको ठहर छ । विगत भुल्न नहुनेमा जोड दिँदै उनी भन्छिन्,‘हामी त्यहि संघर्ष पूर्ण इतिहासका कारण अहिले यति स्वतन्त्र छौँ । भन्न पाएका छौँ, बोल्न पाएका छौँ । यसको अर्थ यो होइन कि पीडितले न्याय र परिपूरण पाउन हुँदैन ।’

रुपमाया थारु पनि तत्कालीन अवस्थामा चरम यातना र बलात्कारको शिकार भएकी हुन् । उनी अचेल पनि नियमित अस्पताल जान्छिन् । तर उनलाई अस्पतालमा गएर उपचार गर्नला अवस्था सहज छैन । ‘सबै साक्षर हुँदैनन् । सरकारी सेवा सहज छैन,’ उनले उनले भनिन् ‘हाम्रा लागि राज्यसँग नीति नै छैन । हामीले न्याय पाउने आश कसरी गर्ने ? नीति बनाउने सवालमा स्थानीय तहले पनि संघमा पहल र पैरवी गर्न आवश्यक छ ।’

पार्वती, कौशिला, रुपमाया त प्रतिनिधि पात्र मात्र हुन उनीहरुजस्ता द्वन्द्वपीडित विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १५ वर्ष वितिसक्दा पनि परिचयपत्रसम्म पाएका छैनन् ।

नेपालगञ्ज उपमहानगरका उपमेयर उमा थापामगरले राज्यले नै द्वन्द्वपीडितको लागि विस्तृत शान्ति सम्झौतामा तय भएका विषय अक्षरस पालना गर्न सके मात्र द्वन्द्वपीडितको समस्या धेरै हल भएर जाने बताइन् ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ८ : ४५ बजे

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व– शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको

इनड्राइभले दियो ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेतालाई ईभी क्याब र ई–स्कुटर

काठमाडौं-‍ इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेताहरूलाई काठमाडौंमा आयोजित एक

‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’

काठमाडौं– नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी

वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित

टक्सार– वर्षाका कारण यहाँ सडक अवरुद्ध भएको छ भने विद्युत् सेवा

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

काठमाडौं– एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट