‘सप्तरङ ३’मा राजेश हमालदेखि अस्मिता अधिकारीसम्म « Khabarhub

‘सप्तरङ ३’मा राजेश हमालदेखि अस्मिता अधिकारीसम्म


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गृष्मा ब्रोडकास्टिङले सातै प्रदेशमा ‘सप्तरङ–३’ गर्ने भएको छ । राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले ‘सप्तरङ’ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने दाबी गरेको छ ।

आयोजकका अनुसार आगामी मंसिर २४ गतेबाट झापाको काकडभिट्टादेखि सुरु हुने यो कार्यक्रम पुष ९ गते पोखरा पुगेर समापन हुनेछ । काकडभिट्टा लगत्तै मंसिर २६ मा जनकपुर, मंसिर २८ मा चितवन, पुष १ मा नेपालगन्ज, पुष ३ मा सुर्खेत, पुष ५ मा धनगढी र पुष ९ मा पोखरामा कार्यक्रम हुनेछ ।

यसपटक यो कार्यक्रममा अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्य कलाकार सन्दीप क्षेत्री, राजाराजेन्द्र पोखरेल गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीको प्रस्तुति हुनेछ ।

कार्यक्रमको होस्ट निता प्रधान, विवेक खतिवडा र नरेश भट्टराईले गर्ने छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ९ : ४५ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००