विकी र कटरीनाको विवाहविरुद्ध उजुरी « Khabarhub

विकी र कटरीनाको विवाहविरुद्ध उजुरी


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता विकी कौशल र अभिनेत्री कटरीना कैफ राजस्थानको सवाई माधोपुरस्थित एक शाही होटलमा विवाह गर्दैछन् । दुवैजना आफ्नो परिवारका साथ राजस्थान पुगिसकेका छन् । विवाह आज मंगलबारदेखि बिहीबारसम्म चल्दैछ । यही परिप्रेक्ष्यमा स्थानीय एक वकिलले उनीहरुको विवाहविरुद्ध उजुरी दर्ता गराएका छन् ।

समाचारअनुसार वकिल नेत्रविन्द सिंह जादौनले जिल्ला विधिक सेवा प्राधिकरणमा उजुरी दर्ता गराएका छन् । वकिलले विवाहका कारण एक मन्दिरको बाटो अवरुद्ध भएको भन्दै उजुरी गरेका हुन् । उजुरीकर्ताका अनुसार प्रशासनले डिसेम्बर ६ देखि १२ सम्म चौथ माता मन्दिरको बाटो बन्द गरिदिएको छ । जसकारण श्रद्धालुले समस्या भोग्नु परेको छ ।

जादौनले उजुरीमा सिक्स सेन्सेज फोर्टका प्रबन्धक, कटरीना, विकी र जिल्ला कलेक्टरविरुद्ध उजुरी दर्ता गराएका छन् । उनीहरुको विवाहमा १ सय २० पाहुनाको उपस्थिति हुनेछ । जसमा कबीर खान, निर्माता अमृतपाल सिंह वृन्दा र निर्देशक आनन्द तिवारी पनि हुनेछन् ।

विवाहका लागि कटरीनाको आमा सुजैन टरकोट, बहिनी नताशा, इसाबेल कैफ, भाई सबाशियन लरेन्ट मिकेल विकी र कटरीनासहित विवाहस्थल पुगिसकेका छन् । उनीहरुको विवाहमा अभिनेता सलमान खानको बडीगार्ड शेराको कम्पनीले सुरक्षा व्यवस्था सम्हाल्नेछन् ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १२ : ३० बजे

समानुपातिकमा पनि रास्वपा ठूलो अन्तरले अगाडि, कुन दलको मत कति ?

काठमाडौँ– प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फको मतगणना पनि जारी रहेको छ

पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी

काठमाडौँ – पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी भएका छन्।

कांग्रेस सभापति गगन थापालाई हराउँदै सर्लाही-४ मा रास्वपाका सिंह विजयी

सर्लाही – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र

सर्लाही ४ मा अमरेशसँग गगन थापा करिब १० हजार मतले पछाडि

काठमाडौँ – सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेशकुमार

इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित

इलाम : प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी