विकी र कटरीनाको विवाहविरुद्ध उजुरी « Khabarhub

विकी र कटरीनाको विवाहविरुद्ध उजुरी


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता विकी कौशल र अभिनेत्री कटरीना कैफ राजस्थानको सवाई माधोपुरस्थित एक शाही होटलमा विवाह गर्दैछन् । दुवैजना आफ्नो परिवारका साथ राजस्थान पुगिसकेका छन् । विवाह आज मंगलबारदेखि बिहीबारसम्म चल्दैछ । यही परिप्रेक्ष्यमा स्थानीय एक वकिलले उनीहरुको विवाहविरुद्ध उजुरी दर्ता गराएका छन् ।

समाचारअनुसार वकिल नेत्रविन्द सिंह जादौनले जिल्ला विधिक सेवा प्राधिकरणमा उजुरी दर्ता गराएका छन् । वकिलले विवाहका कारण एक मन्दिरको बाटो अवरुद्ध भएको भन्दै उजुरी गरेका हुन् । उजुरीकर्ताका अनुसार प्रशासनले डिसेम्बर ६ देखि १२ सम्म चौथ माता मन्दिरको बाटो बन्द गरिदिएको छ । जसकारण श्रद्धालुले समस्या भोग्नु परेको छ ।

जादौनले उजुरीमा सिक्स सेन्सेज फोर्टका प्रबन्धक, कटरीना, विकी र जिल्ला कलेक्टरविरुद्ध उजुरी दर्ता गराएका छन् । उनीहरुको विवाहमा १ सय २० पाहुनाको उपस्थिति हुनेछ । जसमा कबीर खान, निर्माता अमृतपाल सिंह वृन्दा र निर्देशक आनन्द तिवारी पनि हुनेछन् ।

विवाहका लागि कटरीनाको आमा सुजैन टरकोट, बहिनी नताशा, इसाबेल कैफ, भाई सबाशियन लरेन्ट मिकेल विकी र कटरीनासहित विवाहस्थल पुगिसकेका छन् । उनीहरुको विवाहमा अभिनेता सलमान खानको बडीगार्ड शेराको कम्पनीले सुरक्षा व्यवस्था सम्हाल्नेछन् ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १२ : ३० बजे

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा