घरेलु हिंसाका उजुरी मिलापत्रमै सीमित « Khabarhub

घरेलु हिंसाका उजुरी मिलापत्रमै सीमित

एक वर्षमा २४ उजुरी, १८ मा मिलापत्र


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– जिल्ला प्रहरी कार्यालय लमजुङमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरी मिलापत्रमै सीमित हुने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्सपेक्टर जगदीश रेग्मीका अनुसार चालू आव ०७८/७९ को हालसम्म २४ वटा घरेलु हिंसाको उजुरी प्रहरीमा आएकोमध्ये १८ वटा मिलापत्र भएको छ ।

यस्तै आव ०७७/७८ मा ९२ वटा घरेलु हिंसाको उजुरी प्रहरीमा परेकाे थियो । जसमध्ये ६० वटा मिलापत्र भएको छ । यस्तै आ.व ०७६/७७ मा ६१ वटा घरेलु हिंसाको निवेदन परेको छ । जसमध्ये ५२ वटा मिलापत्र भएको छ ।

प्रहरीमा आएको उजुरीमध्ये मादकपदार्थ सेवन गरी गालीगलौज तथा कुटपिट गर्ने, परिवारमा खान-लगाउन नदिने, घरायसी झैझगडा, बहुविवाहलगायतको घटना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले महिलामा चेतनाको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको बताए । प्रहरीमा आएको उजुरीमा धेरैजसो घरेलु हिंसाका घटना रहेको कार्कीको भनाइ छ ।

उजुरीका दर्तालाई हेर्दा पहिलेभन्दा अहिले हिंसाका घटनाहरू बढ्दै गएको देखिएको छ । घटना पनि बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । उनी भन्छन्, ‘हिंसा लुकाएर बस्नुहुँदैन भन्ने चेतनाको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको हो ।’

पछिल्लो समय स्थानीय तहको न्यायिक समितिमा पनि अधिकांश मुद्दा घरेलु हिंसाको आउने गरेको राइनास नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक धनकुमारी गुरुङले बताइन् ।

कुटपिट गरेको, महिला हिसाका बारेमा खान लाउन नदिएकोलगायतका उजुरी आउने र त्यस्ता उजुरीमा दुवै पक्षलाई कार्यालयमा बोलाएर छलफल गराएर मिलाउने गरिएको गुरुङको भनाइ छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ११ : १७ बजे

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण