सुडानमा जातीय दंगा, ४८ जनाको मृत्यु « Khabarhub

सुडानमा जातीय दंगा, ४८ जनाको मृत्यु


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा कम्तीमा पनि ४८ जनाको ज्यान गएको छ ।

सोमबार सुडानको एक गैरसरकारी संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा डारफोर क्षेत्रमा २ दिनयता भएका जातीय हिंसामा ४८ जनाको ज्यान गएको उल्लेख छ ।

अधिकारीहरुले जनाएअनुसार ती क्षेत्रमा यहाँका स्थानीय जातिबीच झडप भएको थियो । यस झडपका क्रममा हतियारधारी उनीहरुले आपसमा हमला गरेका थिए ।दक्षिणी डारफोरको किरानीक भन्ने स्थानमा हतियारधारीहरुले हमला गरेका र त्यसमा परेर ४८ जनाको ज्यान गएको र अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

सो संस्थाकाअनुसार मृत्यु हुने व्यक्तिको संख्या अझै यकिन हुन सकेको छैन । अरु कैयौँको ज्यान गएको पनि आशंका गरिएको सो विज्ञप्तिमा जनाइएको छ ।

 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १ : ०५ बजे

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ