चार बुँदे मागसहित प्रधानमन्त्री देउवालाई संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र | Khabarhub Khabarhub

चार बुँदे मागसहित प्रधानमन्त्री देउवालाई संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त विद्यार्थी संगठनले विभिन्न चार बुँदे मागसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क असुल्ने मणिपाल मेडिकल कलेज लगायत सम्मपूर्ण निजी मेडिकल कलेजलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता लिनुपर्ने, तोकिएको भाडाभन्दा बढी पैसा लिने यातायात व्यवसायीहरूलाई कारबाही गर्नुपर्ने र त्रीवी सभाले करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने गरेको निर्णय तत्काल फिर्ता लिनुपर्ने लगायतको मागसहितको ज्ञापनपत्र संगठनले मंगलबार प्रधानमन्त्री देउवालाई बुझाएका हो ।

विश्वविद्यालयका शिक्षक कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउँदा गलत नजिर बस्ने हुँदा यस्तो निर्णय तत्काल सच्याउनुपर्ने उनीहरूको माग छ ।

खुला प्रतिस्पर्धाबाट शिक्षक कर्मचारी नियुक्त गर्ने वातावरण सिर्जना गर्नुपर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

संयुक्त विद्यार्थी संगठनका मागहरू तत्काल सम्बोधन नभए अझ प्रभावकारी आन्दोलनमा जान संगठन बाध्य हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  २ : ३७ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास