झापामा वर्षमा आठ सय बढी मान्छे हराउँछन्, आधा मात्र भेटिन्छन् « Khabarhub

झापामा वर्षमा आठ सय बढी मान्छे हराउँछन्, आधा मात्र भेटिन्छन्


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए ।

हराएकामध्ये सबैभन्दा धेरै महिला छन् । हराउने महिलाको संख्या एक सय ४४ छ । यस्तै, पुरुष ६८, बालबालिका ४६ र जेष्ठ नागरिक १० जना छन् । जसमध्ये एक सय ३० जना फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अर्थात् हराएको कुल संख्याको ४८ प्रतिशत मानिस फेला परेका छन् ।

उमेर समूहलाई आधार मान्ने हो भाने झापामा चालू आर्थिक वर्षमा सबैभन्दा धेरै १८ देखि ३० वर्ष उमेर समूहका युवायुवती हराएका छन् । उनीहरूको संख्या एक सय ३४ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

आर्थिक वर्ष ०७८/७९ को कात्तिक मसान्तसम्ममा हराएकामध्ये ४३ प्रतिशत पुरुष, ४४ प्रतिशत महिला, ७४ प्रतिशत बालबालिका तथा ३० प्रतिशत जेष्ठ नागरिक फेला परेको उनले बताए । हराएकामध्ये चालू आव ०७८/७९ को कात्तिक मसान्तसम्म एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, गत आव ०७७/७८ मा आठ सय आठ जना मानिस हराएका थिए । जसमा सबैभन्दा धेरै महिला हराएको प्रहरीले जनाएको छ । पुरुष एक सय ६६, महिला चार सय २४, बालबालिका एक सय ८८ र जेष्ठ नागरिक ३० जना हराएको प्रहरीले जनाएको छ ।

हराएकामध्ये ४२ प्रतिशत अर्थात् चार सय ४० जना अझै फेला नपरेको तथ्यांक प्रहरीसँग छ । हराएकामध्ये १८ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै तीन सय ४७ जना रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हराएकामध्ये ४९ प्रतिशत पुरुष, ५३ प्रतिशत महिला, ७६ प्रतिशत बालबालिका तथा ६७ प्रतिशत जेष्ठ नागरिक फेला परेका छन् । अघिल्लो आर्थिक वर्षमा हराएकामध्ये पाँच जना मृत अवस्थामा फेला परेको पाठकले जानकारी दिए ।

घरायसी समस्या, आर्थिक अभाव, माया प्रेम, मानसिक असन्तुलन, संगत, मादक पदार्थ र लागुऔषधका कारणले हराउने गरेको डिएसपी पाठकले जानकारी दिए । प्रहरीको तथ्यांक हेर्दा बर्सेनि हराएकामध्ये करिब आधा मात्र फेला परेको देखिन्छ । यद्यपि मानिस फेला परे पनि प्रहरीलाई जानकारी नगराउँदा नभेटिएकाको संख्या धेरै भएको पाठकले बताए ।

‘मानिस हराएपछि सबैले प्रहरीमा जानकारी गराउँछन् । तर, भेटिएपछि वास्ता गर्दैनन् । त्यो हुँदा नभेटिनेको संख्या धेरै देखिन्छ । तर, त्यो मान्छे भेटिएको हुन्छ,’ उनले भने, ‘भेटिएपछि खबर गर्ने चलन छैन । तर, प्रहरीकहाँ भएको तथ्यांकले चाहिँ नभेटिने धेरै देखिन्छ । तर, ती मान्छे भेटिएका पनि हुन्छन् ।’

-न्यूज कारखानाबाट

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  २ : ४८ बजे

लागुऔषध सेवन गरी सवारी चलाउने चार चालक नियन्त्रण

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँको कोटेश्वरबाट लागुऔषध सेवन गरी सवारीसाधन

एक सय १० जनाले गरे रक्तदान

कास्की – पोखरास्थित रेडियो अन्नपूर्णले शनिबार आयोजना गरेको २१औँ बहृत्

आर्थिक र सामाजिक रुपान्तरण हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक र

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको छ ।

आईपीएलमा कोलकताविरुद्ध पञ्जाब ७ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिबारको पहिलो खेल