A man wears full protective equipment to protect against the coronavirus as he shops in London, Monday, May 4, 2020, as the UK enters a seventh week of lockdown to help stop the spread of coronavirus. The highly contagious COVID-19 has impacted on nations around the globe, many imposing self isolation and exercising social distancing when people move from their homes. (AP Photo/Kirsty Wigglesworth)

अन्तर्राष्ट्रिय

बेलायतमा समुदायस्तरमा फैलियो ओमिक्रोन

By खबरहब

December 07, 2021

एजेन्सी- बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तरमा फैलिएको छ ।

एकै दिन ओमिक्रोनका सयौँ बिरामी भेटिन थालेका छन् । संसदलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री सजिद जाभिदले नयाँ भेरियन्ट समुदायस्तरमा फैलिएको बताएका छन् । पछिल्लो तथ्या‌कअनुसार बेलायतमा २६१, स्कटल्यान्डमा ७१ र वेल्समा चार जनामा ओमिक्रोनका संक्रमण देखिएको छ ।

नयाँ भेरियन्टको असर र अहिले प्रचलित खोपले भेरियन्टविरुद्ध काम गर्ने नगर्ने वारेमा वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । नयाँ भेरियन्ट नेपाललगायत ४३ देशमा फैलिसकेको छ । भेरियन्ट फैलिएसँगै विभिन्न देशहरुले प्रतिबन्धात्मक व्यवस्था लागू गरेका छन् ।