मुलुकलाई एकताबद्ध बनाउने भूमिका ठूलो दलकै होः सचिव भट्टराई « Khabarhub

मुलुकलाई एकताबद्ध बनाउने भूमिका ठूलो दलकै होः सचिव भट्टराई


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मुलुकलाई एकताबद्ध बनाउने कार्यमा ठूला राजनीतिक पार्टीकै भूमिका हुने बताएका छन् ।

सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनका लागि गठित केन्द्रीय प्रचार समितिद्वारा आज आयोजित समीक्षा भेलालाई सम्बोधन गर्दै उनले एमाले, नेपाली कांग्रेसजस्ता ठूला पार्टी नै विगतमा पनि मुलुकलाई सङ्कटबाट जोगाउँदै आएको जनाएका छन् ।

सचिव भट्टराईले एमालेले पार्टीभन्दा बाहिरको वृत्तलाई पनि नेतृत्व गर्ने पार्टी भएकाले यसले अरुका आलोचना र सुझावलाई ग्रहण गर्ने स्पष्ट गरे ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले महाधिवेशनको सफलताले एमालेलाई नयाँ उचाइमा स्थापित गरेको जिकिर गरे ।

अर्का केन्द्रीय सदस्य विष्णु रिजालले महाधिवेशनको प्रचारकार्य व्यवस्थित भएको जनाए । प्रचार समितिका सचिव गगन विष्टले महाधिवेशनमा प्रचारका क्षेत्रमा भएका काम र समीक्षासहित प्रतिवेदन तयार गरिएको जानकारी दिए ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले स्रोतसाधनको उपलब्धता बढाएर आगामी दिन प्रचार क्षेत्रको काम थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिए । यही मङ्सिर १० देखि १४ गतेसम्म एमालेको महाधिवेशन चितवनमा भएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ३ : ५६ बजे

सरकारले छुट्टै मानसिक स्वास्थ्य नीतिको तयारी थालेको छः स्वास्थ्यमन्त्री गौतम

काठमाडौं– सर्वोच्च अदालतको परमादेशपछि मानसिक स्वास्थ्य सेवा विस्तार गर्न सरकारमाथि

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला