विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक | Khabarhub Khabarhub

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ।

समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा प्रेरक र प्रभावशाली १०० महिलाको सूची जारी गरेको हो।

सूचीमा विश्वभरमा समाज र संस्कृतिलाई नयाँ सिराबाट बदल्न भूमिका निभाएका महिलाहरु अटाएको बीबीसीले जनाएको छ।

यस वर्ष सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार विजेता मलाला युसुफजइ, सामोआकी पहिलो महिला प्रधानमन्त्री फियामे नाओमी माताफा, भ्याक्सिन कन्फिडेन्ट प्रोजेक्ट की प्रमुख प्रोफेसर हेयडी जे लर्सन र चर्चित लेखिका चिमामान्डा नगोजी अडिची रहेका छन्।

सूचीमा धेरै जसो अफगानिस्तानका महिलाहरु अटाएका छन्। यसमध्ये केहीको वास्तविक नाम सुरक्षा लगायतका कारणले आफूहरुले प्रकाशन गर्न नसकेको बीबीसीले जनाएको छ। भारतका दुई र चीनका दुई जना पनि सूचीमा अटाएका छन्।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ८ : २२ बजे

ट्यारिफ युद्धविरामको भोलिपल्ट सीको सार्वजनिक वक्तव्य : धम्की र प्रभुत्ववादले एक्लोपन निम्त्याउँछ

काठमाडौं – संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार युद्धमा करसम्बन्धी

समाजमा भ्रम फैलाउने छुट कसैलाई छैन : सञ्चारमन्त्री 

सुर्खेत– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक