प्रदेश २ मा ३० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप « Khabarhub

प्रदेश २ मा ३० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाल सरकारले अगामी पुससम्म ६६ प्रतिशत र चैत मसान्तसम्म नेपालमा कोरोनाविरुद्धको पूर्ण खोप लगाइसक्ने लक्ष्य राखेको छ। तर, अहिलेसम्म प्रदेश २ मा ३० प्रतिशतले मात्र पूर्ण खोप लगाएका छन् ।

प्रदेश २ स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार २० मंसिर सम्ममा ८ वटै जिल्लामा अहिलेसम्म ३० दशमलव ४३ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् ।

प्रदेश २ स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार अहिलेसम्म सप्तरीमा ३० दशमलव ३१, सिरहामा २९ दशमलव ५७, धनुषामा ३२, महोत्तरीमा २७ दशमलव ७४ प्रतिशत नागरिकले मात्रै कोभिड(१९ विरुद्धको पूर्ण खोप लिएका छन् । त्यसैगरि सर्लाहीमा सबैंभन्दा बढी ३४ दशमलव ५४, रौटहटमा २९ दशमलव ४१, बारामा ३० दशमलव ६४ र पर्सामा २७ दशमलव ७५ प्रतिशत नागरिकले मात्रै पूर्ण खोप लिएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रदेश २ का स्वास्थ्य निर्देशक विजय झाले जिल्लाहरुमा कोरोनाविरुद्धको खोप अहिले पर्याप्त मात्रामा रहे पनि सर्वसाधारणले लगाउन नचाहेको बताए । ुकोरोना कहर हामीसामु अझैं बाँकी रहेको छ । नयाँ नयाँ भेरियन्ट आइरहेका छन्,ु उनले भने, ‘तर, पनि ग्रामिण क्षेत्रमा कतिपय व्यक्ति खोप लगाउन डराइ रहेका छन् ।’

‘खोप हाम्रो स्वास्थ्यका लागि अति आवश्यक हो । तर, पनि कतिपय व्यक्ति यसको सकारात्मक पक्षलाई नजरअन्दाज गरेर लापरबाही गरिरहेका छन्,’ निर्देशक झाले भने, ‘अहिले खोप लगाउन हामीले वडा(वडामा टोली परिचालन गरेका छौं।’

उनले जिल्लाका स्वास्थ्य कार्यालयमा पनि खोप लगाउने काम भइरहेको भए पनि अपेक्षा अनुसार मानिसहरुले खोप नलागएको बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १० : ४० बजे

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास

सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त सहकारी