टिम बनाउन देउवाले बोलाए आफू पक्षीय नेताहरुको बैठक « Khabarhub

टिम बनाउन देउवाले बोलाए आफू पक्षीय नेताहरुको बैठक


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभापतिमा चुनौती दिने आफ्नो समूहमा कोही नभए पनि पदाधिकारी आकांक्षी धेरै भएपछि सकसमा रहेका नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् ।

बुधबार बिहान बालुवाटारमा देउवा पक्षीय नेताहरुको बैठक हुन लागेको हो । उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवार बन्ने घोषणा गर्दै सम्पर्क कार्यालय सञ्चालन गरेपछि देउवालाई सो समूहमा अरु कसैले सभापतिमा चुनौती दिएको छैन ।

तर, उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा दर्जनौँ आकांक्षी छन् । देउवाले पदाधिकारीको टिम बनाउनका लागि बैठक बोलाएको उनी निकट नेताले जानकारी दिए । देउवा समूहमा उपसभापतिभन्दा पनि महामन्त्रीमा धेरै आकांक्षी छन् । त्यसमाथि सिटौला समूहलाई पनि समेट्ने देउवाको तयारी छ । त्यसैले उनलाई थप समस्या भएको छ ।

उपसभापतिका लागि उपसभापति विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्का सबैभन्दा बलिया दाबेदार हुन् ।

त्यस्तै महामन्त्रीमा वालकृष्ण खाँण, एनपी साउँद, डा प्रकाशसरण महत र विश्वप्रकाश शर्मा दाबेदार देखिएका छन् । शर्माले उम्मेदवारी घोषणासमेत गरिसकेका छन् । यो समूहमा सुनील थापा, ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठलगायतका नेताहरुको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती पनि छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका लागि एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट छानिने व्यवस्था रहेको छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासीरजनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेस विधानमा व्यवस्था गरिएको छ । त्यस्तै निर्वाचित बाहेक ३३ जनालाई सभापतिले मनोनित गर्ने विधानमा व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १० : २१ बजे

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित