राष्ट्रपतिबाट हटाउने विपक्षीको चेतावनीपछि ट्रम्पले स्वीकारे हार (भिडियोसहित) « Khabarhub

राष्ट्रपतिबाट हटाउने विपक्षीको चेतावनीपछि ट्रम्पले स्वीकारे हार (भिडियोसहित)


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा आफ्नो पराजय स्वीकारेका छन् ।

अमेरिकी संसदमा बुधबार भएको हमलापछि ट्रम्पलाई राष्ट्रपति पदबाट तत्काल हटाउनु पर्ने माग चर्किएका बेला उनले चुनावमा आफ्नो पराजय स्वीकारेका हुन् ।

अहिलेसम्म चुनावमा धाँधली भएको आधारहीन दाबी गर्दै आएका ट्रम्पले आज ट्वीटरमा एउटा भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘कंग्रेसले चुनावी नतिजा प्रमाणित गरिसकेको छ । अब नयाँ प्रशासनले जनवरी २० मा आफ्नो जिम्मेवारी सम्हाल्दैछ । अब मेरो सबै ध्यान शान्तिपूर्ण र विधिपूर्वक रुपमा सत्ता हस्तान्तरमा केन्द्रित हुनेछ ।’

ट्रम्पले वासिङ्टनमा भएको हिंसात्मक प्रदर्शनले आफूलाई आक्रोशित बनाएको पनि बताएका छन् ।

हिंसात्मक प्रदर्शनलाई रोक्न आफूले तत्काल नेसनल गार्ड र संघीय सुरक्षा निकायलाई परिचालन गरेको पनि ट्रम्पले दाबी गरेका छन् ।

‘अमेरिका सधैँ कानुन र व्यवस्थाको देशका रुपमा रहेको छ । क्यापिटल हिल्समा भएको हिंसात्मक प्रदर्शन र आक्रमणमा सहभागी व्यक्तिले अमेरिकालाई प्रतिनिधित्व गर्दैनन्,’ ट्रम्पले भने ।

आफ्नो चुनावी क्याम्पेनले सधैँ अमेरिकी प्रजातन्त्रका लागि लडेको र मतदाताको वैधताका बारेमा प्रश्न उठाएको पनि उनले स्मरण गराएका छन् ।

अबको समय पीडामा ‘मलम लगाउने र मेलमिलाप’ को भएको पनि उनले बताएका छन् ।

सन् २०२० महामारीले गर्दा हजारौंको ज्यान गएको र निकै दु:खदायी भएको बताउँदै अब सबै मिलेर यसले विभिन्न क्षेत्रमा पुऱ्याएको क्षतिलाई पुन: उकास्ने समय आएको पनि उनले बताए ।

ट्रम्पले भिडियो सन्देश जारी गर्नअघि दुवै सदनका विपक्षीहरूले उनलाई राष्ट्रपति पदबाट हटाउन माग गरेका थिए।

सभामुख न्यान्सी पेलोसीले ट्रम्पलाई जिम्मेवारीबाट नहटाइए उनीमाथि महाअभियोग लगाउन सकिने चेतावनी दिएकी थिइन्  ।

डेमोक्र्याटिक सिनेटर चक सुमरले ट्रम्पलाई तुरुन्तै हटाउनुपर्ने बताएका थिए ।

ट्रम्पले यही जनवरी २० मा राष्ट्रपति पद जो बाइडनलाई हस्तान्तरण गर्नुपर्नेछ ।

अमेरिकी संसद् भवनमा दुई शताब्दीपछि पहिलो पटक बुधबार हमला भएको थियो । सन् १८१२ को युद्धपछिको पहिलो भएको यो हमलामा चार जनाको मृत्यु भएको थियो भने ६८ जना पक्राउ परेका छन् ।

 

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ७ : २९ बजे

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

एजेन्सी– नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन