राष्ट्रपतिबाट हटाउने विपक्षीको चेतावनीपछि ट्रम्पले स्वीकारे हार (भिडियोसहित) « Khabarhub

राष्ट्रपतिबाट हटाउने विपक्षीको चेतावनीपछि ट्रम्पले स्वीकारे हार (भिडियोसहित)


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा आफ्नो पराजय स्वीकारेका छन् ।

अमेरिकी संसदमा बुधबार भएको हमलापछि ट्रम्पलाई राष्ट्रपति पदबाट तत्काल हटाउनु पर्ने माग चर्किएका बेला उनले चुनावमा आफ्नो पराजय स्वीकारेका हुन् ।

अहिलेसम्म चुनावमा धाँधली भएको आधारहीन दाबी गर्दै आएका ट्रम्पले आज ट्वीटरमा एउटा भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘कंग्रेसले चुनावी नतिजा प्रमाणित गरिसकेको छ । अब नयाँ प्रशासनले जनवरी २० मा आफ्नो जिम्मेवारी सम्हाल्दैछ । अब मेरो सबै ध्यान शान्तिपूर्ण र विधिपूर्वक रुपमा सत्ता हस्तान्तरमा केन्द्रित हुनेछ ।’

ट्रम्पले वासिङ्टनमा भएको हिंसात्मक प्रदर्शनले आफूलाई आक्रोशित बनाएको पनि बताएका छन् ।

हिंसात्मक प्रदर्शनलाई रोक्न आफूले तत्काल नेसनल गार्ड र संघीय सुरक्षा निकायलाई परिचालन गरेको पनि ट्रम्पले दाबी गरेका छन् ।

‘अमेरिका सधैँ कानुन र व्यवस्थाको देशका रुपमा रहेको छ । क्यापिटल हिल्समा भएको हिंसात्मक प्रदर्शन र आक्रमणमा सहभागी व्यक्तिले अमेरिकालाई प्रतिनिधित्व गर्दैनन्,’ ट्रम्पले भने ।

आफ्नो चुनावी क्याम्पेनले सधैँ अमेरिकी प्रजातन्त्रका लागि लडेको र मतदाताको वैधताका बारेमा प्रश्न उठाएको पनि उनले स्मरण गराएका छन् ।

अबको समय पीडामा ‘मलम लगाउने र मेलमिलाप’ को भएको पनि उनले बताएका छन् ।

सन् २०२० महामारीले गर्दा हजारौंको ज्यान गएको र निकै दु:खदायी भएको बताउँदै अब सबै मिलेर यसले विभिन्न क्षेत्रमा पुऱ्याएको क्षतिलाई पुन: उकास्ने समय आएको पनि उनले बताए ।

ट्रम्पले भिडियो सन्देश जारी गर्नअघि दुवै सदनका विपक्षीहरूले उनलाई राष्ट्रपति पदबाट हटाउन माग गरेका थिए।

सभामुख न्यान्सी पेलोसीले ट्रम्पलाई जिम्मेवारीबाट नहटाइए उनीमाथि महाअभियोग लगाउन सकिने चेतावनी दिएकी थिइन्  ।

डेमोक्र्याटिक सिनेटर चक सुमरले ट्रम्पलाई तुरुन्तै हटाउनुपर्ने बताएका थिए ।

ट्रम्पले यही जनवरी २० मा राष्ट्रपति पद जो बाइडनलाई हस्तान्तरण गर्नुपर्नेछ ।

अमेरिकी संसद् भवनमा दुई शताब्दीपछि पहिलो पटक बुधबार हमला भएको थियो । सन् १८१२ को युद्धपछिको पहिलो भएको यो हमलामा चार जनाको मृत्यु भएको थियो भने ६८ जना पक्राउ परेका छन् ।

 

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ७ : २९ बजे

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा