पोखरामा फुडमाण्डूको सेवा विस्तार « Khabarhub

पोखरामा फुडमाण्डूको सेवा विस्तार


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले पहिलोपटक काठमाडौँबाहिर पोखरामा सेवा विस्तार गरेको छ ।

कम्पनीका बजार व्यवस्थापक श्यामरत्न मालीले बिहीबार पत्रकार सम्मेलनमार्फत पर्यटकीय नगरी पोखरामा सेवा विस्तार गरिएको जानकारी दिए ।

ग्राहकको मागलाई ध्यान दिँदै काठमाडौँबाहिर पहिलोपल्ट पोखराबाट सेवा विस्तार गरिएको उनले बताए ।

‘गुणस्तरीय सेवासहित हामी आएका छौँ अब पोखरेलीले अनलाइनबाटै फुडमाण्डूका खानेकुरा अर्डर गर्न सक्नुहुनेछ,’ उनले भने ।

मालीका अनुसार फुडमाण्डूले हाल ३० भन्दा बढी स्थानीय रेष्टुरेन्ट तथा होटलसँग सहकार्य गरेको र यसलाई  विस्तारै बढाउँदै लगिने छ ।

कम्पनीका संस्थापक मनोहर अधिकारीले आफूहरुले पहिलेदेखि नै पोखरामा सेवा विस्तार गर्ने योजना बनाए पनि कोभिड–१९ लगायतका कारणले विस्तारमा ढिला भएको जानकारी दिए ।

‘हामीले २०२० मा नै देशका विभिन्न स्थानमा सेवा विस्तार गर्ने लक्ष्य लिएका थियौँ, तर कोभिड–१९ का कारणले आफ्नो ध्यान अन्य प्रमुख विषयमा केन्द्रित भयो’, उनले भने ।

अधिकारीले सन् २०१० देखि शुरु गरिएको फुडमाण्डूको अनलाइन सेवाले ग्राहकको मन जित्दै गएकाले अब देशका अन्य स्थानबाट पनि सेवा दिने योजनाअनुरूप काठमाडौँबाहिर पोखराबाट शुरु गरिएको बताए ।

सन् २०२१ लाई आफ्नो सेवा विस्तारको वर्षको रूपमा अघि बढाउने योजना रहेको उनले बताए ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ८ : ४५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब