प्रचण्ड–नेपाल समूहले देशैभरबाट प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउँदै « Khabarhub

प्रचण्ड–नेपाल समूहले देशैभरबाट प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउँदै


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध दोस्रो चरणको आन्दोलन गरिरहेको नेकपाकै प्रचण्ड–नेपाल समूहले देशभरबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउने भएको छ ।।

दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत शुक्रबार ७७ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउन लागिएको हो।

नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार सबै जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र दिइने छ। संघर्ष समितिको निर्धारित कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत विरोधपत्रको साथमा संविधानको पुस्तक दिने र राष्ट्रको नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने उल्लेख छ।

यता प्रतिनिधि विघटनको विरुद्धमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रचण्ड-माधवपक्षमा रहेका अनेरास्ववियूले पनि शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  १० : ०० बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ