इजलास गठन नभएपछि संवैधानिक परिषदसम्बन्धीको रिटमा भएन सुनुवाइ « Khabarhub

इजलास गठन नभएपछि संवैधानिक परिषदसम्बन्धीको रिटमा भएन सुनुवाइ


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संवैधानिक परिषद सम्बन्धी रिटमा आज पनि सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलास गठन नगरेपछि सुनुवाई कम्तीमा एक सातालाई सरेको छ ।

बुधवार र शुक्रवार बस्दै आएको संवैधानिक इजलासका लागि आज कुनै पेसी नै नतोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

आगामी बुधवार प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाई हुने भएकाले संवैधानिक परिषद अध्यादेश र संवैधानिक परिषदको निर्णयविरुद्ध परेका रिटको सुनुवाइ नहुने भएको हो ।

संवैधानिक परिषद सम्बन्धी अध्यादेश नै असंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले गत पुस १ गते दायर गरेको रिटमा आज प्रारम्भीक सुनुवाई हुने गरी तारिख तोकिएको थियो ।

संवैधानिक परिषदमा रिक्त पदाधिकारी नियुक्तिको प्रयासमा दुई पटकसम्म डाकेको बैठक स्थगित भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठकमार्फत मंसिर ३० गते अध्यादेश ल्याएको सरकारले नयाँ नियुक्तिसमेत सिफारिस गरिसकेको छ ।

अध्यादेशले संविधानको धारा २८४ मा अन्तरनिहित संविधानको आधारभूत संरचनासंग सम्बन्धित विषय, संविधानवादका आधारभूत मूल्यमान्यता, संवैधानिक नियन्त्रण र सन्तुलन, संवैधानिक सुशासन, निष्पक्षता, पारदर्शिता, जवाफदेहीता सम्बन्धी सिद्धान्तहरुको उल्लंघन गरेको रिट निवेदकहरूको दाबी छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  १२ : २८ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका