अमेरिकी संसदमा घाइते भएका प्रहरीको मृत्यु « Khabarhub

अमेरिकी संसदमा घाइते भएका प्रहरीको मृत्यु


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी संसद भवनभित्र बुधबार प्रवेश गरेका ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक प्रहरीको मृत्यु भएको छ ।

बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटपूर्ण भाषणपछि आक्रोशित समर्थकहरुले अमेरिकी संसदभित्र प्रवेश गरेर व्यापक तोडफोड गरेका थिए ।

प्रहरी कारबाहीमा प्रदर्शनकारीतर्फ एक महिलासहित चार जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार एक जना संसद भवनभित्र र अरु तीन जना संसद भवनको बाहिर मृत्यु भएको थियो ।

क्यापिटोल प्रहरीले एक वक्तव्य प्रकाशन गरी प्रहरी अधिकृत ब्रायन सिकनिकको बिहीबार राति ज्यान गएको जनाएको छ ।

भिड नियन्त्रणमा खटिएका बेला घाइते भएका ब्रायनलाई तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिए पनि बचाउन नसकिएको भन्दै क्यापिटोल प्रहरीले दुःख व्यक्त गरेको छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  १ : १५ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल