राष्ट्रियसभा बैठकमा कसले के भने ? | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठकमा कसले के भने ?


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा प्रचण्ड–नेपाल पक्षका नेता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो पदको रक्षाको लागि संविधानमाथि धावा बोल्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन् ।

शुक्रबारको राष्ट्रियसभा बैठकमा श्रेष्ठले आफ्नो पद नै खतरामा परेको देखेर प्रधानमन्त्रीले संविधान विपरीत संसद विघटन गरेर चुनावमा जाने निर्णय गरेको आरोप लगाए ।

उनले अस्थिर सरकारबाट आजित भएर प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने अधिकार सर्वदलीय सहमतिबाटै खोसिएको भन्दै त्यसबारे सवै जानकार रहेको तर्क गरे ।

संविधानको धारा ७६ मा रहेको व्यवस्थाबारे चर्चा गर्दै प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने संविधानले त्यस्तो विशेषाधिकार नदिएको उनले बताए ।

सरकार बन्ने विकल्प नभएको अवस्थामा प्रतिनिधि सभा विघटनको व्यवस्था रहेको उहाको भनाइ थियो ।

श्रेष्ठले प्रतिनिधि सभा भंग गर्ने प्रधानमन्त्रीको निर्णयलाई सर्वोच्च अदालतले अनुमोदन गरे प्रतिगमनको यात्रा सुरु हुने उल्लेख गरे ।

बैठकमा राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस चुनावबाट भागेको आरोप लगाए ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेताहरुबाट निरन्तर असहयोग भएकाले संसद विघटन गरी ताजा जनादेश ल्याउन लागेको उनले बताए ।

काँग्रेसकी राष्ट्रियसभा सदस्य तारादेवी भट्टले सरकारले प्रतिनिधिसभा विघटन गरेर जनमतको अपमान गरेको आरोप लगाइन ।

प्रतिनिसिभा विघटनसम्बन्धी विषयमा सर्वोच्च अदालतले जनताको चासो तथा संविधानको भावना र मर्मअनुसार फैसला गर्ने विश्वास व्यक्त गरिन ।

बैठकमा नेकपाकी कोमल वलीले निर्वाचनको मिति घोषणा गर्दा सरकार अधिनायकवादी दिशामा अगाडि बढ्यो भन्नु तर्कसङ्गत नभएको बताइन ।

राष्ट्रियसभामा बोल्दै सांसद् ओलीले जनतामा जान्छु भन्नु कसरी अधिनायकवाद र तानाशाही भयो ? भन्दै प्रश्न गरेकी थिइन् ।

जनताको परीक्षणमा जाने कुरा कसरी तानाशाही र अधिनायकवादी भयो ? भन्दै उनले चुनावमा जान डराउनेहरुको मनमा अधिनायकवाद रहेको बताइन् ।

“जनतामा जाने कुरा कसरी तानाशाही भयो ? कसरी अधिनायकवाद भयो ?,” त्यसतर्फ लक्षित गर्दै ओलीले भनिन्, “अधिनायकवादीहरु जनतासँग जान्छन् कि बन्दुकसँग जान्छन् ? अधिनायकवाद भएको देशमा व्यक्तिहरु जेलबाहिर हुन्छन् कि जेलभित्र ?” उनले प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गर्दै नेतृत्व युवामा जानुपर्छ भन्ने व्यक्ति महत्वाकांक्षी हुन नसक्ने पनि बताइन् ।

राष्ट्रियसभाको अर्को बैठक आइतबार बोलाइएको छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ५ : ५१ बजे

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं – कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको

आधुनिक सीपसहित पुरानै पेशामा फर्किए बाजुराका कुमाल समुदाय

धनगढी – बाजुरा बाह्विसका कुमाल जाति फेरि माटोका भाँडा बनाउने

ट्रम्प र पुटिनको वार्ता निष्कर्षविहीन भएपछि रुसद्वारा युक्रेनमाथि भीषण आक्रमण

किभ – रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि