राष्ट्रियसभा बैठकमा कसले के भने ? « Khabarhub

राष्ट्रियसभा बैठकमा कसले के भने ?


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा प्रचण्ड–नेपाल पक्षका नेता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो पदको रक्षाको लागि संविधानमाथि धावा बोल्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन् ।

शुक्रबारको राष्ट्रियसभा बैठकमा श्रेष्ठले आफ्नो पद नै खतरामा परेको देखेर प्रधानमन्त्रीले संविधान विपरीत संसद विघटन गरेर चुनावमा जाने निर्णय गरेको आरोप लगाए ।

उनले अस्थिर सरकारबाट आजित भएर प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने अधिकार सर्वदलीय सहमतिबाटै खोसिएको भन्दै त्यसबारे सवै जानकार रहेको तर्क गरे ।

संविधानको धारा ७६ मा रहेको व्यवस्थाबारे चर्चा गर्दै प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने संविधानले त्यस्तो विशेषाधिकार नदिएको उनले बताए ।

सरकार बन्ने विकल्प नभएको अवस्थामा प्रतिनिधि सभा विघटनको व्यवस्था रहेको उहाको भनाइ थियो ।

श्रेष्ठले प्रतिनिधि सभा भंग गर्ने प्रधानमन्त्रीको निर्णयलाई सर्वोच्च अदालतले अनुमोदन गरे प्रतिगमनको यात्रा सुरु हुने उल्लेख गरे ।

बैठकमा राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस चुनावबाट भागेको आरोप लगाए ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेताहरुबाट निरन्तर असहयोग भएकाले संसद विघटन गरी ताजा जनादेश ल्याउन लागेको उनले बताए ।

काँग्रेसकी राष्ट्रियसभा सदस्य तारादेवी भट्टले सरकारले प्रतिनिधिसभा विघटन गरेर जनमतको अपमान गरेको आरोप लगाइन ।

प्रतिनिसिभा विघटनसम्बन्धी विषयमा सर्वोच्च अदालतले जनताको चासो तथा संविधानको भावना र मर्मअनुसार फैसला गर्ने विश्वास व्यक्त गरिन ।

बैठकमा नेकपाकी कोमल वलीले निर्वाचनको मिति घोषणा गर्दा सरकार अधिनायकवादी दिशामा अगाडि बढ्यो भन्नु तर्कसङ्गत नभएको बताइन ।

राष्ट्रियसभामा बोल्दै सांसद् ओलीले जनतामा जान्छु भन्नु कसरी अधिनायकवाद र तानाशाही भयो ? भन्दै प्रश्न गरेकी थिइन् ।

जनताको परीक्षणमा जाने कुरा कसरी तानाशाही र अधिनायकवादी भयो ? भन्दै उनले चुनावमा जान डराउनेहरुको मनमा अधिनायकवाद रहेको बताइन् ।

“जनतामा जाने कुरा कसरी तानाशाही भयो ? कसरी अधिनायकवाद भयो ?,” त्यसतर्फ लक्षित गर्दै ओलीले भनिन्, “अधिनायकवादीहरु जनतासँग जान्छन् कि बन्दुकसँग जान्छन् ? अधिनायकवाद भएको देशमा व्यक्तिहरु जेलबाहिर हुन्छन् कि जेलभित्र ?” उनले प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गर्दै नेतृत्व युवामा जानुपर्छ भन्ने व्यक्ति महत्वाकांक्षी हुन नसक्ने पनि बताइन् ।

राष्ट्रियसभाको अर्को बैठक आइतबार बोलाइएको छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ५ : ५१ बजे

फिल्मको व्यापार चौपट, स्टारहरूकै बिजोग

काठमाडौं – २०८२ सालको फागुन अन्तिमसम्म आइपुग्दा यस वर्ष करिब

स्वरोजगारका लागि सीपमूलक तालिम

कञ्चनपुर– स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले १३३

प्राकृतिक उपचारका लागि सिंगा तातोपानीमा भीड

म्याग्दी– कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल