कोमल ओलीको प्रश्न : ताजा जनादेशमा जाने कुरा कसरी अधिनायकवाद ?  « Khabarhub

कोमल ओलीको प्रश्न : ताजा जनादेशमा जाने कुरा कसरी अधिनायकवाद ? 


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभा सदस्य कोमल ओलीले प्रतिनिधिसभा विघटन गर्दै जनादेशमा जाने कुरा कसरी अधिनायकवाद भएको भन्दै प्रश्न गरेकी छिन ।

राष्ट्रियसभामा शुक्रबार बोल्दै सांसद् ओलीले जनतामा जान्छु भन्नु कसरी अधिनायकवाद र तानाशाही भयो ? भन्दै प्रश्न गरेकी हुन ।

निर्वाचनको मिति घोषणा गर्दा सरकार अधिनायकवादी दिशामा अगाडि बढ्यो भन्नु तर्कसङ्गत नभएको उनको भनाइ थियो ।

जनताको परीक्षणमा जाने कुरा कसरी तानाशाही र अधिनायकवादी भयो ? भन्दै उनले चुनावमा जान डराउनेहरुको मनमा अधिनायकवाद रहेको आरोप लगाइन ।

प्रतिनिधिसभा विघटन गर्दै राष्ट्रपतिले आउँदो वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेपछि प्रतिपक्षी दल र सत्तारुढ दल नेकपाकै सांसद्हरुसमेत सो घोषणाको विपक्षमा छन् ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको, प्रधानमन्त्री तानाशाही बनेको आरोप राष्ट्रियसभामा प्रतिपक्षी दलका सांसद्हरुले लगाइरहेका छन ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ६ : २५ बजे

इन्धन सुरक्षामा ध्यान दिन शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिलाई खाडीको ‘स्ट्रेट

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

आज २०८२ साल चैत २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत