२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको जानकारी दिएको छ । जसमा गत २४ घण्टामा ५५४ जना संक्रमित थपिएका हुन ।

थपिएका संक्रमितहरुमा प्रदेश १ को इलाममा ५, उदयपुरमा ११, खोटाङमा २, झापामा १०, तेह्रथुममा १, धनकुटामा १, पाँचथरमा ३, भोजपुरमा १, मोरङमा ५३, संखुवासभामा २ र सुनसरीमा ३५ जना रहेका छन् ।

यसैगरी प्रदेश २ को पर्सामा ३, बारामा ४, सप्तरीमा ३ र सर्लाहीमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशको काठमाडौंमा १७१, काभ्रेमा १, चितवनमा १५, दोलखामा १, धादिङमा ३, भक्तपुरमा १३, मकवानपुरमा ३, ललितपुरमा २३ र सिन्धुपाल्चोकमा २ जना कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ३०, तनहुँमा १३, लमजुङमा ६, बागलुङमा ९ र स्याङजामा ४ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, दाङमा १०, नवलपरासीमा ३, पाल्पामा ३, प्युठानमा ४, बर्दियामा ७, बाँकेमा ९, रोल्पामा १ र रुपन्देहीमा २८ जनामा कोरोना कोरोना पुष्टि भएको छ ।

यसैगरी कर्णाली प्रदेशको जाजरकोटमा १, जुम्लामा १, डोल्पामा ७ र सुर्खेतमा १ जनामा कोरोना पुष्टि भएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १९, कैलालीमा १५, बझाङमा ११ र बाजुरामा १ जना कोरोना संक्रमित थपिएका छन् ।

 

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ९ : २१ बजे

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र