महिनावरीमा पेट दुखेर असैह्य हुन्छ ? यी हुन दुःखाई कम गर्ने उपाय « Khabarhub

महिनावरीमा पेट दुखेर असैह्य हुन्छ ? यी हुन दुःखाई कम गर्ने उपाय


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिनावारी हुनुअगाडि, भएको बेला र रगत आउँदासम्म कसैलाई धेरै नै पेट दुख्ने गर्छ । महिनावारीबारे आवश्यक ज्ञान नहुँदा स्कुले किशोरीले निकै असजिलो महसुस गर्छन् ।

कसैले पढाई छाडेर घरमा नै बस्छन् । प्रायःकिशोरीहरुमा १३–१४ वर्षदेखि १७–१८ वर्षसम्मको समयमा महिनावारी नियमित हुने गरेको पाइदैन । महिनावारीको समयमा कहिले– कसैलाई धेरै रक्तश्राव भइरहेको हुन्छ भने कसैलाई कम हुने गर्छ। तर, यो सामान्य प्रक्रिया हो ।

झण्डै चालिस प्रतिशत किशोरीमा यस्तो समस्या देखापर्छ। तर अत्याधिक रगत देखिनुका साथै पेट दुखेको खण्डमा अनि धेरै दिनसम्म रगत गइरहेमा वा महिनामा दुईपटक वा २८ दिनबाट ७ दिन छाडेर ढिला भएमा तपाईले चिकित्सकसँग परामर्श लिनुपर्छ ।

दुखाई कम गर्ने घरेलु तरिकाः

दुधः  दुध क्याल्सियमको निकै राम्रो स्रोत हो, महिनावारीको पीडालाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहोस् यसले क्याल्सियमको कमीलाई पुरा गरीदिनेछ र पीडाबाट आराम मिल्नेछ ।

मेवाः  महिनावारी भएको बेला खानाले फाइदा पुर्‍याउँछ । धेरैपटक महिनावारीको दौरान रक्त प्रवाह सही तरिकाले हुने गर्दैन जसका कारण अझ पीडा हुने गर्दछ । यस्तो अवस्थामा मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने गर्दछ ।

गाजरः गाजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई महिनावारीको पीडालाई पनि कम गर्ने गर्दछ । स्त्रीरोग विशेषज्ञका अनुसार एक ग्लास गाजरको रस पिउनाले महिनावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ ।

घिउकुमारीः  महिनावारीको दौरान एक चम्चा महमा यसलाई मिसाएर खानाले भइरहेको पीडालाई कम गन गर्दछ ।

तुलसीः पीडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानुहोस् । तुलसीमा भएको क्याफिड एसिडले महिनावारीको पीडालाई कम गर्न गर्दछ । धेरै पीडा भइरहेको छ भने ७–८ वटा तुलसीको पातलाई आधा कप पानीमा हालेर उमाल्नुहोस् र त्यसलाई छानेर त्यसको पानी पिउनुहोस् ।

तातो पानीले नुहाउनुहोस्ः तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ ।

अदुवाः एक कप पानीमा अदुवालाई काटेर उमाल्नुहोस् । यदि यसको स्वाद मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् र खाना खाइसकेपछि दिनको तीन चार पटक खाने गर्नुभयो भने पीडाबाट मुक्ति पाइन्छ ।

व्यायामः हुन त हामीले दिन दिनै व्यायाम गर्नु जरुरी छ । तर महिनावारीको पीडा भएको बेलामा व्यायाम अत्यावश्यक छ । उक्त प्रवाहलाई राम्रो गराउन व्यायामको निकै आवश्यकता पर्ने गर्दछ ।

खजुरः बिहान हरेक दिन खाली पेटमा ५० ग्राम भिजाएको खजुर खाने पानी पनि लाभदायक हुन्छ ।

चुकन्दरको ताजा रसः  सानो गिलासको १ गिलास रस दैनिक बिहान १ महिनासम्म पिउनाले आइरन क्याल्सियम र अन्य मिनिरलसको मात्रा बढी पाइने हुँदा दुखाईलाई मद्दत पुग्दछ । –एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ५ : ५९ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति